Logo

निगमको जहाजमा ठोकियो चरा, ठूलो दुर्घटनाहुनबाट जोगियो

निगमको जहाजमा ठोकियो चरा, ठूलो दुर्घटनाहुनबाट जोगियो



काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा बिहीबार बिहान चरा ठोक्किएको छ । जहाजमा चरा ठोकिए पनि ठूलो दुर्घटना भने हुन नपाएको विमानस्थलले जानकारी दिएको छ ।

laxmi

एयरबस ए ३२०–२३३ जहाजको पांग्रामा चरा ठोक्किए हो तर खासै ठूलो क्षती भने नभएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको ९ एन–एकेडब्लु कलसाइनको उक्त जहाज धावनमार्गमा गुडिरहेका बेला पछाडिको पांग्रामा चरा ठोक्किएको थियो ।

त्रिभुवन अन्तररराष्ट्रिय विमानस्थलमा चरा ठोक्किने समस्या नौलो भने होईन तर जहाजमा चरा ठोकिए पनि कुनै नोक्सानी भएको छैन ।

उक्त जहाज विहानै हङकङको लागि यात्रु बोकेर उडान गरी सकेको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL