Logo

विदेशी पर्यटकले नेपालमा गर्ने खर्च बढ्यो, पर्यटकबाटै ८ महिनामा साढे ४७ अर्ब भित्रियो

विदेशी पर्यटकले नेपालमा गर्ने खर्च बढ्यो, पर्यटकबाटै ८ महिनामा साढे ४७ अर्ब भित्रियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा बृद्धि भएको छ । विदेशी पर्यटकले अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब ४ अर्ब १२ करोड रुपैयाँले बढी खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्याङमा उल्लेख छ ।

laxmi

नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार विदेशी पर्यटकले चालु आर्थिक बर्षको ८ महिना सम्म आईपुग्दा ४७ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खर्च गरेका छन भने अघिल्लो बर्षको सोही अवधिमा ४३ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ खर्च गरेका थिए ।

नेपालमा गर्ने खर्चमा बृद्धि भए पनि पछिल्लो महिना भने केही कम खर्च भएको तथ्याङमा उल्लेख छ । चालु आवको अघिल्लो एक महिनामा मात्रै करिब ६ अर्ब रुपैयाँ खर्चेका विदेशी पर्यटकले पछिल्लो महिनामा भने ५ अर्ब ६१ करोड रुपैयाँमात्र खर्चेका छन ।

नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार अघिल्लो ७ महिना सम्म आईपुग्दा ४१ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ खर्चेका विदेशी पर्यटकले पछिल्लो ८ महिना सम्म आईपुग्दा ४७ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खर्चेको हो ।

त्यस्तै नेपालीले विदेशमा गएर गर्ने खर्चमा समेत बृद्धि भएको छ । पछिल्लो तथ्याङ अनुसार आर्थिक वर्ष २०७५÷७६ को ८ महिनासम्म आई पुग्दा नेपालीले विदेशमा गर्ने खर्च ६१ अर्ब ४९ करोड २२ लाख रुपैयाँ पुगेको छ । जुन गत आबको सोही अवधिमा ५० अर्ब ८२ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL