Logo

भ्रमण बर्ष सफल पार्न ३ देशका ३ महिला सगरमाथा प्रस्थान

भ्रमण बर्ष सफल पार्न ३ देशका ३ महिला सगरमाथा प्रस्थान



काठमाडौं । पहिलोचोटी महिला शसक्तीकरणका लागि ३ जना महिलाले सगरमाथा आरोहणका लागि प्रस्थान गरेका छ । सोमबार नेपाली, चीन तथा भारतका ३ जना महिलाले काठमाडौंबाट भ्रमण बर्ष सफल पार्न आरोहणको प्रस्थान गरेका हुन ।

प्रशिद्ध आरोही पेम्बा दोर्जे सेर्पाले उनीहरु ३ जनाका लागि पथप्रदर्शकको भुमिका निर्वाह गर्नेछन । उनले हालसम्म सगरमाथा मात्रै १८ पटक चढिसकेका छन । यस्तै उनले हिमाल आरोहणसम्बन्धी ६ विधामा गिनिज बुकमा नाम लेखाईसकेका छन ।

भ्रमण बर्ष २०२० लाई सफल पार्न उक्त टोलीले भ्रमण बर्ष २०२० को झण्डा सगरमाथाका चुचुरोमा फहराउनेछ । सोमबार एक कार्यक्रमका बीच नेपालबाट उनीहरुला ३ जनाको टोलीलाई विदाई गरिएको छ ।

उनीहरु सोमबार रामेछाप जाने र मंगलबार रामेछापबाट लुक्ला प्रश्थान गर्नेछन । नेपालबाट कान्छीमाया तामाङ, भारतबाट कल्पना दास तथा चीनबाट लियामु मा आजै सगरमाथातर्फ प्रश्थान गरेका छन । उनीहरुले सगरमाथाको सफल आरोहण गरेर महिलाहरुले पनि साहसपुर्ण क्षेत्रमा सजिलै काम गर्न सक्छन भन्ने सन्देश विश्वमा फैलाउने धारणा राखेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL