Logo

समिट एयरको जहाज दुर्घटनामा मृत्यु हुनेको पहिचान, ढुंगाना र खड्काको घटनास्थलमै मृत्यु

समिट एयरको जहाज दुर्घटनामा मृत्यु हुनेको पहिचान, ढुंगाना र खड्काको घटनास्थलमै मृत्यु



काठमाडौं । समिट एयरको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा समिट एयरका कोपाईलट सुदिप ढुंगाना, असई रामबहादुर खड्का र रुद्ध बहादुर श्रेष्ठ रहेका छन ।

दुर्घटनामा गम्भीर घाइते भएका असई रुद्धबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

घाइते हुनेमा मनाङ एयरको हेलिकोप्टरका क्याप्टेन चेतबहादुर गुङङ र समिट यएरका क्याप्टेन रविनाथ रोकायालाई दुर्घटना लगतै सिम्रीक एयरको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो ।
सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट रामेछाप उडान गर्ने क्रममा सो दुर्घटना भएको हो ।

दुर्घटनामा समिट एयरको ९ एन एएमएच एल ४१० जहाज रामेछापको लागि उडान गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर हेलीप्याडमा रहेको मनाङ एयरको हेलिकोप्टर ९ एन एएलसी पूर्ण रुपमा क्षती भएको छ ।

त्यसतै श्री एयरलाईन्सको हेलिकोप्टर ९ एन एएलकेमा सामान्य क्षति पुगेको प्राधिकरणका उप निर्देशक राजन पोख्रेलले जानकारी दिएका छन । मृत्यु भएका ३ जनाको सब शिक्षण अस्पताल महाराजगञ्ज अस्पताल ल्याई सकेको छ ।

समिट एयरको उक्त जहाजमा २ जना चालक र एक परिचारिका सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL