Logo

निगमको काठमाडौं दुबई उडान प्रकरण : ६ कर्मचारीलाई कारवाही सिफारिस

निगमको काठमाडौं दुबई उडान प्रकरण : ६ कर्मचारीलाई कारवाही सिफारिस



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज उडान गत मंगलबार रद्द भए पछि गठन गरिएको छानविन समितिले ६ जनालाई विभागीय कारवाही गर्न सिफारिस गरेको छ ।

समितिका संयोजक बुद्धिसागर लामिछानेले निगमका २ जना, प्राधिकरणका २ र विमानस्थलको टावरमा कार्यरत २ जनालाई किटानी सहित कारवाहिका लागि सिफारिस गरिएको जानकारी दिएको छ ।

फ्लाई दुबईको घटनामा भने नोटाम विपरित यस अघि निगमको जहाज उडान रद्द गराउँदा अनुसरण गरिएको मादण्डसँग बाझिने गरी फ्लाई दुबईको उडान संचालन गराएको घटना उपयुक्त मान्न नसकिने भएकाले संलग्न कर्मचारीको पहिचान गरी विभागीय कारवाही गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले भने, ‘प्रचलित ऐन अनुसार समितिले गरेको अध्ययनपछि ६ जनालाई कारवाही सिफारिस गरिएको छ ।’ समितिले निगम र प्राधिकरणलाई आफ्नो काममा सुधार ल्याउनका लागि १९ वटा सुझाब समेत दिएको छ ।

चैत १० गते राती देखी विमानस्थलको धावनमार्ग स्तरोन्नती गर्नु पर्ने भन्दै निगमको ९ः१५ बजे हुनु पर्ने काठमाडौं दुबई उडान रद्द गरिएको थियो । त्यस्तै फ्लाई दुबईलाई भने १० बजेर १७ मिनेटमा उडान गर्न दिएको थियो ।

सुधारको लागि सिफारिस

रनवे क्लोजर सम्बन्धी नोटामको सूचनाको कार्यान्वयन समान रुपमा सबै पदाधिकारीबाट हुनु पर्ने, संवेदनशील परिस्थितिमा निर्णय गर्नु पर्दा विमानस्थलको सिफ्ट ईन्चार्जले प्राधिकरणको माथिल्लो तहसम्म समन्वय गरी स्पष्ट निर्देशन प्राप्त गरेर मात्र निर्णय गर्नु पर्नेछ ।

टावरको निर्देशानुसार यात्रु अनबोर्ड गरेर उडानको लागि सबै ढोका बन्द गरेर उडानको पूर्ण तयारी अवस्थामा पुगेको कुनै पनि अन्तरराष्ट्रिय वायुयानलाई उपयुक्त समन्वयमा काममा प्रतिकुल असर नपर्ने गरी सम्भव भएसम्म उडाउने गरी विमानस्थल व्यवस्थापनले आवश्यक पहल गर्नु पर्ने लगायतका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL