Logo

जुलाई ४ देखी जापानको ओसाकामा उडान गर्ने निगमको तयारी, हप्तामा ३ दिन उडान हुने

जुलाई ४ देखी जापानको ओसाकामा उडान गर्ने निगमको तयारी, हप्तामा ३ दिन उडान हुने



काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी जहाजले जुलाई ४ तारिक बाट जापान उडान गर्ने भएको छ । हप्तामा ३ दिन जापानको ओसाका उडान गर्न निगमले अनुमति पाएको नेपाल वायुसेवा निगमका सह प्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

laxmi

लामो समय देखी ग्राउण्ड ह्याण्डलिङको समस्या भोगि रहेको निगमलाई जापानको सिभिल एभिएसन ब्यूरो (जेक्याब)ले ओसाका उडानका लागि अनुमति दिएको निगमले जानकारी दिएको छ । कोईरालाका अनुसार नेपालबाट विमान राति २ः४० बजे उड्ने र ओसाकाबाट जापानको समयअनुसार दिउँसो १ः५५ मा उडान भर्ने गरी अनुमति पाएको हो ।

हाल छोटो दुरीको उडान गर्दै आईरहेको निगमको वाईडबडी जहाज एक बर्ष पछि जापानमा उडान गर्ने भएको छ । निगमका अनुसार वाइडबडीले साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार ओसाका उडान भर्नेछ ।

जेक्याबले जुलाई अगाडि नै उडान अनुमति दिए पनि गत फागुन १८ गतेदेखि तीन महिनाका लागि नेपालको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका लागि बन्द भए पछि जुलाईमा मात्रै उडान गर्ने भएको हो ।

निगमका अनुसार केही समय अगाडीनै जापानकै नारिता विमानस्थलमा समेत आफ्नो उडान भर्न अनुमति माग गरेको छ । तर उक्त विमानस्थलले हाल सम्म अनुमति भने प्रदान गरिनसकेको निगमले जानकारी दिएको छ । प्रकृयामा रहेकाले केही समयमै त्यहाँबाट पनि अनुमति पाउने निगमको दाबी रहेको छ ।

काठमाडौंबाट ओसाका उडानका लागि ७ घण्टा तथा नारितामा उडानका लागि ८ घण्टा समय लाग्ने छ । जापानको दुबै विमानस्थलमा नेपाली जहाज वाईडबडीले उडान गर्न थाले पछि निगमले लिएको ऋण तिर्न समेत सहज हुने निगमको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL