Logo

गौतम बुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत मात्रै, २०२० मा मात्रै संचालन

गौतम बुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत मात्रै, २०२० मा मात्रै संचालन



काठमाडौं । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजना भित्र रहेको सो विमानस्थल २०१९ मा संचालनमा ल्याउने लक्ष्य सहित काम अघि बढाएपनि हालसम्म ७० प्रतिशतमात्रै काम भएको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन ।

laxmi

आयोजना प्रमुख अधिकारीका अनुसार हाल सम्म करिब ७० प्रतिशत मात्रै निर्माणको काम सम्पन्न भएको छ । तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीले २०१९ को अन्त्यमा उक्त विमानस्थल संचालनमा ल्याउने बताएका थिए ।

सन २०१७ को डिसेम्बरमा सक्ने लक्ष्यसहित सन २०१५ को जनवरीमा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गरिएको थियो । तर २०१९ को अन्तिममा सक्ने लक्ष्य सहित काम गरेको आयोजनाले हालसम्म ७० प्रतिशतमात्रै काम सम्पन्न गरेको छ ।

तर आयोजना प्रमुख अधिकारीका अनुसार २०१९ को अन्त्यमा विमानस्थलको भौतिक निर्माणमात्रै सम्पन्न हुने र संचालनका लागि केही समय लाग्ने छ । ‘भन्न सजिलो छ काम गर्न धेरै गाह्रो छ,’ उनले भने, ‘मेलम्ची खानेपानी आयोजनाको काम सकियो अन्तिम चरणमा छ भन्छन तर पानी आएको छैन ।’

आयोजनाको काम पनि त्यस्तै हो प्रतिशतमा मात्रै बढेर नहुँदो रहेछ अन्य काम त्यतिकै छ । उनले भने, ‘समयमै सम्पन्न गर्न हाम्रो कोसिस रहने छ तर २०१९ भित्रै सम्पन्न हुन्छ या हुँदैन यसै भन्न सकिन्न ।’

अहिले विमानस्थलमा रनवेको कालो पत्रे लगायतका काम चलिरहेको अधिकारीले जानकारी दिएका छन । अवको करिब १० देखी १५ दिन भित्रमा रनवेको कालो पत्रेको काम सम्पन्न हुन्छ त्यस पछि अन्य काम पनि सँगसँगै लैजाने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL