Logo

खराव मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक उडानमा समस्या, लुक्ला, पोखरा र तुम्लिङटार उडान स्थगित

खराव मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक उडानमा समस्या, लुक्ला, पोखरा र तुम्लिङटार उडान स्थगित



काठमाडौं । गए राती देखी परेको बर्षाका कारण काठमाडौंबाट हुने आन्तरिक हवाई उडान प्रभावित भएको छ ।

काठमाडौंबाट हुने आन्तरिक उडानमा लुक्ला, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान हुन नसकेको काठमाडौं विमानस्थलले जानकारी दिएको छ ।

काठमाडौ उपत्यका लगायत देशका धेरै जसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयांग सहित वर्षा भए पछि ति स्थानहरुमा हुने उडान डिले भईरहेको छ ।

साथै पोखरा विमानस्थल पनि मौसमका कारण बन्द हुँदा काठमाडौंबाट हुने आन्तरिक उडान स्थगित गरेको विमानस्थलले जानकारी दिएको छ । बुद्ध एयरले पोखराका लागि गर्ने उडान पनि प्रभावित भएको छ भने नेपाल एयरलाईन्सका भोजपुरको बिहान ९ बजेको उडान पनि रद्द गरेको छ ।

तुम्लिङटार हुने उडान भर्खरै रद्द गरेको काठमाडौ विमानस्थलले जानकारी दिएको छ भने अन्य आन्तरिक उडान पनि खराव मौसमका कारण प्रभावित हुने देखीएको छ ।

खराव मौसमसँगै उडान नभए पछि यात्रुहरु विमानस्थलमा अलपत्र परेको विमानस्थल श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL