Logo

पर्यटन प्रवर्द्धन गर्न भारतमा ओलाक्याव संचालन, छनौट हुने ५ जोडीलाई नेपाल घुम्ने अफर

पर्यटन प्रवर्द्धन गर्न भारतमा ओलाक्याव संचालन, छनौट हुने ५ जोडीलाई नेपाल घुम्ने अफर



काठमाडौं । नेपाल पर्यटन बोर्डले ओला क्याव मार्फत ५ भारतीय जोडीलाई नेपाल घुमाउने भएको छ ।

गर्मी मौसममा हुने स्कुल कलेजको बिदाका बेला घुम्न निस्कने भारतीयहरुलाई लक्षित गर्दै बोडले पर्यटन प्रवर्द्धन गर्न ओला क्याव संचालन गरिरहेको छ ।

ओला क्यावको वेभसाइट र मोवाइल एपमा राष्ट्रिय प्रतियोगीता मार्फत छनौट हुने ५ जोडीलाई नेपाल घुमाउने भएको हो । साथै उक्त डिजिटल सन्जालबाट लाईफटाईम एक्सपेरिएन्सका अफर र सन्देश भारतीय यात्रीकाबीच प्रचार गर्ने गरी यो अभियान सुरु गरिएको हो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीका अनुसार ओला क्याव पुस म्यासेज, ओला इन्बक्स र व्लग मार्फत गर्मीको छुट्टी मनाउन विचार गरिरहेका भारतीय पर्यटकहरुलाई गन्तव्य नेपाल तर्फ ध्यानाकृष्ट गराइएको छ ।

बोर्डले यस प्रयासबाट नेपाल भित्रिने पर्यटकको आगमनमा बृद्धि हुने अपेक्षा गरिएको छ । सिमित सिजनमा मात्र केन्द्रित नेपालको पर्यटनलाई अफ सिजन मानिने गर्मी र वर्षायाममा पनि बढी पर्यटक भित्रयाउन यस अभियानले सहयोग गर्ने जोशीले बताए ।

अभियान सुरु गरेको १० औं दिनसम्म आईपुग्दा प्रवर्द्धनको प्रतियोगीतामा ५१ हजार जना भन्दा बढी प्रयोगकर्ता समावेस भैसकेका छन । भ्रमण वर्ष २०२० को लागि यो अभियानले सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL