Logo

त्रिभुवन विमानस्थलको स्तरोन्नतीको काम आजबाट सुरु, विमानस्थल दैनिक १४ घण्टा खुला

त्रिभुवन विमानस्थलको स्तरोन्नतीको काम आजबाट सुरु, विमानस्थल दैनिक १४ घण्टा खुला



काठमाडौं । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतीको काम बुधबार देखी सुरु भएको छ ।

laxmi

विमानस्थलको सुधारको काम अप्रिल १ बाट हुने भनिए पनि बुधबार मात्रै पर्यटन राज्यमन्त्री धनबहादुर बूढाले पुजा गरेर सुरुआत गरेका हुन ।

विमानस्थलको रनवेको पूर्णरूपमा मर्मतका लागि सोमबार देखी ३ महीना दैनिक १० घण्टा बन्द हुने भएको छ । रनवे र ट्याक्सी वेको पिच परिवर्तन गर्नु पर्ने भएकाले दैनिक १० घण्टा विमानस्थल बन्द हुनेछ ।

मर्मतको अवधिभर ३ महिना जुन ३० सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म १४ घण्टा मात्र खुला गरिनेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुनेछ ।

धावनमार्ग सुधार गर्ने कामको जिम्मा भने चिनियाँ निर्माण कम्पनी एभीआईसीले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL