Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज देखी १० घण्टा बन्द, रनवेको रिह्याव हुँदै

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज देखी १० घण्टा बन्द, रनवेको रिह्याव हुँदै



काठमाडौं । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज देखी १० घण्टा बन्द हुने भएको छ ।

laxmi

विमानस्थलको रनवेको पूर्णरूपमा मर्मतका लागि सोमबार देखी ३ महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । रनवे र ट्याक्सी वेको पिच परिवर्तन गर्नु पर्ने भएकाले दैनिक १० घण्टा विमानस्थल बन्द हुने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

क्षेत्रीका अनुसार रनवे स्तरोन्नतिका लागि गत नोभेम्बर महीनामा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेसनसँग निर्माण सम्झौता गरेको थियो ।

मर्मतको अवधि १ अप्रिल २०१९ देखि जुन ३० सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म १४ घण्टा मात्र खुला गरिनेछ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म २२ घण्टा विमानस्थल सञ्चालनमा रहेको छ ।

विमानस्थलमा रहेको ३ किलोमिटर लामो एक मात्र रनवेको मर्मत गर्न तीन महीना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने क्षेत्रीले जानकारी दिएका हुन ।

विमानस्थलको रनवेको काम सम्पन्न नभए सम्म काठमाडौंबाट लुक्ला उडान भने हुने छैन । जसका लागि रामेछापको मन्थली विमानस्थललाई विकल्पको रुपमा प्रयोग गर्न समेत क्यानले भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL