Logo

सोमबारदेखि स्तरोन्नती हूँदै त्रिभुवन विमानस्थल, दैनिक २२ घण्टाको उडान १४ घण्टामा झारियो

सोमबारदेखि स्तरोन्नती हूँदै त्रिभुवन विमानस्थल, दैनिक २२ घण्टाको उडान १४ घण्टामा झारियो



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम आगामी सोमबारबाट सुरु हुने भएको छ ।

laxmi

करिब ४० वर्षपछि फेरिन लागेको विमानस्थलको धावन मार्ग र ट्याक्सी वे को काम सुरु भए पछि हाल उडान भईरहेको समय तालिकामा समेत हेरफेर हुने भएको विमानस्थलले जानकारी दिएको छ ।

सन् १९९५ मा निर्माण गरे पछि पहिलो पटक विमानस्थलको धावनमार्ग र ट्याक्सीवे फेरिन लागेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी िदिएका छन ।

जसका लागि अहिले चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा धावनमार्ग स्तरोन्नति गर्ने जिम्मा पाएको हो ।

स्तरोन्नतीसँगै २२ घण्टा संचालनमा रहेको विमानस्थल अव १४ घण्टामात्रै संचालनमा आउने भएको छ । बिहान ८ बजे देखी बेलुका १० बजे सम्ममात्रै विमानस्थल संचालन हुने विमानस्थलका महाप्रवन्धक क्षेत्रीले जानकारी दिएका छन ।

१४ घण्टामात्रै विमानस्थल संचालनमा आउने भए पछि हवाई कम्पनीहरुले आफ्नो उडानलाई समेत घटाएको छ । आन्तरिक उडानमा प्रभुत्व जमाउँदै आएको बुद्ध एयरले भने आफ्नो उडान नघटाउने जानकारी दिएको छ भने सौर्य एयरले भने दैनिक १० घण्टामात्रै जहाज संचालनमा ल्याउने भएको छ ।

नेपाल वायुसेवा निगमले भने अन्तरराष्ट्रिय उडानमा दुबइ बाहेक अन्य उडान नघटाउने जानकारी दिएको छ । तर हवाई कम्पनीहरुका अनुसार उडान कटौती नगर्ने हो भने पुरानै समस्या उत्पन्न हुन सक्नेछ ।

२२ घण्टा संचालन भईरहेको विमानस्थल १४ घण्टामात्रै संचालन भए पछि फ्लाईट डिले हुने, आकाशमै होल्डहुनुपर्ने लगायतका समस्या आउन सक्ने उनीहरुले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL