Logo

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बेबी फिडिङ रुम संचालनमा, यसरी गरिनेछ बच्चाको केयर

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बेबी फिडिङ रुम संचालनमा, यसरी गरिनेछ बच्चाको केयर



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा पनि ह्याप्पी बेबीजोन फिडिङ रुम संचालनमा ल्याईएको छ । गत माघमा अन्तराष्ट्रिय टर्मिनलमा संचालनमा ल्याइएको उक्त बेबीजोन सोमबार देखि आन्तरिक टर्मिनलमा पनि संचालनमा ल्याईएको हो ।

उक्त फिडिङ रुमको उद्घाटन गर्दै विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बेबीजोनले समस्यामा परेका आमाहरुलाई सहजहुने जानकारी दिएका छन । साथै बेबीजोनसँगै रहेको हेल्थ चेकअप पनि संचालनमा ल्याएको क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार हेल्थचेकअप सेन्टर भए पनि विगतमा संचालनमा नआएकाले चेकअप सेन्टरलाई पनि आजबाटै संचालनमा ल्याएको क्षेत्रीले जानकारी दिएका हुन ।

विमानस्थलको आन्तरिक टर्मिनलमा उडान समय पर्खिरहेका आमाहरुलाई सहजताका लागि हिमालय हर्वलको सहयोगमा बेबीजोन फिडिङ रुम स्थापना गरिएको हो ।

उक्त बेबीजोनमा आमाहरुले बच्चालाई दुध खुवाउनुका साथै बच्चालाई खेलाउने तथा सुताउन सक्नेसम्मको ब्यवस्था गरिएको छ । हिमालय हर्बलले विमानस्थलको आन्तरिक र अन्तरराष्ट्रिय टर्मिनलमा उक्त सुविधा उपलब्ध गराएसँगै पोखराको विमानस्थलमा पनि उक्त सेवा संचालनमा ल्याउने जानकारी दिएको छ ।

कम्पनीले केहि समयपछि नेपालभरका सबै विमानस्थलमा यस्ता बेबीजोन संचालनमा ल्याउने पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL