Logo

ट्रेकिङ क्षेत्रमा बैदेशिक लगानी खुला नगर्न टानको आग्रह, लगानी भित्र्याए आन्दोलन गर्ने चेतावनी

ट्रेकिङ क्षेत्रमा बैदेशिक लगानी खुला नगर्न टानको आग्रह, लगानी भित्र्याए आन्दोलन गर्ने चेतावनी



काठमाडौं । ट्रेकिंग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले पदयात्रा क्षेत्रमा विदेशी लगानी मान्य नहुने जानकारी दिएका छन ।

टानले एक विज्ञप्ती जारी गर्दै नेपालको पदयात्रा क्षेत्रमा नेपाली लगानीकर्तानै लगानी गर्न सक्षम भएको भन्दै विदेशी लगानी नभित्र्याउन सरकारलाई आग्रह गरेको हो ।

पदयात्रा क्षेत्रमा पूर्ण रुपमा विदेशी लगानी गर्न दिने भन्ने समाचार प्रति टानको गम्भीर ध्यानाकर्षण भएको भन्दै सो कार्य नगर्न टानले आग्रह गरेको हो । यदी वेवास्ता गर्दै बैदेशिक लगानी भित्र्याउन खोजे आफुहरु आन्दोलनमा जाने समेत टानले चेतावनी दिएको छ ।

४ दशक भन्दा पनि बढि समय नेपालको पदयात्रा क्षेत्रमा लगानी गर्नेहरु सबै सक्षम नेपाली व्यवसायीहरु नै हुन र उनीहरु नै हरेक दृष्टिकोणबाट व्यवसाय गर्न सक्षम छन, यस व्यवसायमा विदेशी लगानीकर्ताको कुनै आवश्यकता एवं औचित्य छैन विज्ञप्तीमा भनिएको छ ।

सरकारले विदेशी लगानीकर्ताहरुलाई पूर्ण रुपमा पदयात्रा व्यवसायमा लगानी गर्न दिने भन्ने समाचारले स्वदेशी लगानीकर्ताहरुलाई निरुत्साहीत गर्न खोजेको टानको आरोप छ ।

यदी यस किसिमको कुनै निर्णय गर्न लागेको हो भने स्वदेशी पदयात्रा व्यवसायीहरुको हित विपरीत हुन जाने र विदेशी लगानीकर्ताहरुको मात्र एकाधिकार पदयात्रा क्षेत्रमा हुने भन्दै टानले आपत्ती जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL