Logo

दुबइ उडान नहुने भए पछि डिडब्लुजी एयरर्पोट प्रयोग गर्ने निगमको तयारी, हप्तामा ३ दिन उडान

दुबइ उडान नहुने भए पछि डिडब्लुजी एयरर्पोट प्रयोग गर्ने निगमको तयारी, हप्तामा ३ दिन उडान



काठमाडौं । काठमाडौं–दुबई दैनिक उडान गर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले डिडब्लुजी एयरर्पोटमार्फत उडान भर्ने भएको छ ।

हाल दुबइ एयरपोर्ट टर्मिनल दुईमा पुनर्निर्माणका काम हुने भएपछि निगमका जहाजले ३ महिनाको लागि उक्त एयरर्पोटमा आफ्नो उडान स्थगित गरेको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

उनका अनुसार ३ महिना सम्म उक्त एयरपोर्टमा उडान बन्द गरी दुबईकै अर्को विमानस्थल डिडब्लुजी एयरर्पोटमार्फत हप्तामा ३ दिन मात्रै उडान गर्ने भएको छ । निगमले अप्रिल १ तारिखदेखि जुन ३० तारिखसम्मका लागि दुबई एयरर्पोटबाट हुने उडान स्थगित गरेको हो ।

काठमाडौं दुबई न्यारोबडी मार्फत उडान भर्दै आएको निगमले हप्तामा ३ दिन मात्रै उडान भर्ने भए पछि यात्रुको चापलाई मध्यनजर गर्दै वाईडबडीमार्फत उडान गर्ने निगमले जानकारी दिएको छ ।

सहप्रवक्ता कोइरालाका अनुसार काठमाण्डौबाट मंगलबार, बिहीवार र शनिबार तथा दुबईबाट बुधवार, शुक्रबार र आइतबार मात्रै उडान हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL