Logo

प्रम ओलीले गरे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अवलोकन, समयमै सम्पन्न गर्न निर्देशन

प्रम ओलीले गरे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अवलोकन, समयमै सम्पन्न गर्न निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिएका छन ।

laxmi

शुक्रबार बिहान भैरहवा पुगेका प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलगायतले स्थलगत अवलोकन गरेका हुन ।

विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका छन ।

यसपछि प्रधानमन्त्री ओलीले तिलोत्तमा नगरपालिका–१ स्थित निर्माणाधिन प्रदेशस्तरको मेडिकल कलेज र चौराहास्थित बुटवल – नारायणगढ सडक खण्डको ६ लेनको सडक विस्तारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL