Logo

सेवा सुविधा नबढाए आन्दोलन गर्ने मजदुर संगठनको घोषणा, ५० प्रतिशत सेवा सुविधा बढाउन माग

सेवा सुविधा नबढाए आन्दोलन गर्ने मजदुर संगठनको घोषणा, ५० प्रतिशत सेवा सुविधा बढाउन माग



काठमाडौं । पर्यटन श्रमिकले पाउनु पर्ने सेवा सुविधा कार्यान्वयन नगरेको भन्दै श्रमिकहरुले आन्दोलन गर्ने घोषणा गरेका छन ।

laxmi

पर्यटन क्षेत्रका श्रमिकहरुको कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा नियमन निकायले कार्यान्वयन नगरे पछि आन्दोलनको घोषणा गर्नु परेको यूनिट्राभले जानकारी दिएको छ । यूनिट्राभ, टान र नाट्टाले पर्यटन बोर्डमा गत मंसिर १३ गते गरेको सम्झौता तत्काल लागू नभए नेपाल भित्रने विदेशी पर्यटकनै आउन नदिने चेतावनी दिएको छ ।

वन तथा वातावरण, श्रम, गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच आपसी समन्वय गरी श्रमिक संगठन, व्यवसायी संगठनबीच वार्ताका माध्यमबाट तत्काल समस्या समाधान गर्न यूनिट्राभले आग्रह गरेको छ ।

यदी सरकारले वेवास्ता गरे संगठनले टे«किङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो, कुरियर लगायतका क्षेत्रहरु बन्द गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले यसका लागि विदेशी एजेन्सिमा पत्रचार गरी पर्यटन व्यवसायीका संगठनहरु टान, एक्याप, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, लगायत सरोकार क्षेत्रका कार्यालयमा तालाबन्दी गरिदिने जानकारी दिएका छन ।

अध्यक्ष पराजुलीले तत्काल पर्यटन श्रमिकको माग सम्बोधन नभए चैत २१ गतेबाट आन्दोलन थाल्ने बताएका छन । यूनिट्राभका महासचिव रामबहादुर श्रेष्ठले राष्ट्रिय निकुञ्जहरुमा श्रमिकसँगै उठाउँदै आएको कर तत्काल खारेज गर्न माग गरेका छन ।

त्यस्तै यूनिट्राभले श्रम ऐन, सामाजिक सुरक्षा ऐन र नियमावली कार्यान्वयन तत्काल गराउन माग गरेको छ । एकल पदयात्रा अनुमति पत्र खारेज गर्न पनि उक्त संगठनले माग गरेको छ । टे«किङ, ट्राभल्स, र्याफ्टिङ र क्लाइम्बिङ क्षेत्रका श्रमिकहरुलाई पनि १ हजार सेवा शुल्क लगाउनुपर्ने माग राखेका छन ।

नेपाल भ्रमण वर्षको कार्यदलमा श्रमिकहरुको सहभागिता हुनुपर्ने, टिम्सको १० प्रतिशत रकम मजदुर कल्याणकारी कोषमा आउनुपर्ने, पर्वतारोहणमा श्रमिकलाई उचित तालिम र सेवा उपलब्ध गराउनुपर्ने यूनिट्राभको माग रहेको छ ।

पर्वतारोही मजदूरहरु दशौं वर्षदेखि एउटै दररेटमा काम गर्न बाध्य भएको, उनीहरुको दररेट पनि स्पष्ट नतोकिएको हुनाले उनीहरुको सेवा सुविधा ५० प्रतिशत वृद्धि गराउन समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL