Logo

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा बृद्धि, ७ महिनामा खर्चिए ४२ अर्ब

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा बृद्धि, ७ महिनामा खर्चिए ४२ अर्ब



काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो ७ महिनाको तथ्याङ अनुसार विदेशी पर्यटकले नेपालमा गर्ने खर्चमा बृद्धि भएको हो ।

laxmi

चालू आर्थिक बर्षको पहिलो ६ महिनामा ३६ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको विदेशी पर्यटकले एक महिनामा झण्डै ६ अर्ब रुपैयाँ खर्चेका छन । तथ्याङ अनुसार विदेशी पर्यटकले पछिल्लो ७ महिना सम्म आईपुग्दा ४१ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ खर्चेका छन ।

तर, विदेशी पर्यटकहरुले गत आबको ७ महिनामा ३७ अर्ब ७७ करोड ८० लाख रुपैयाँ मात्र खर्च गरेका थिए । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले गत बर्षको तुलनामा सवा ४ अर्ब रुपैयाँ बढी रकम खर्च गरेका हुन् ।

त्यस्तै नेपालीले विदेशमा गएर गर्ने खर्चमा समेत बृद्धि भएको छ । पछिल्लो तथ्याङ अनुसार आर्थिक वर्ष २०७५÷७६ को ७ महिनासम्म आई पुग्दा नेपालीले विदेशमा गर्ने खर्च ५४ अर्ब ९५ करोड ६४ लाख रुपैयाँ पुगेको छ । जुन गत आबको सोही अवधिमा ४३ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

६ महिनामा ४७ अर्ब ९९ करोड रुपैयाँ खर्चेको नेपालीले पछिल्लो एक महिनामा ७ अर्ब रुपैयाँ खर्चेको तथ्याङकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL