Logo

बुद्ध एयरले भित्र्यायो नयाँ एटिआर जहाज, अर्काे महिनाबाट उडान थाल्ने

बुद्ध एयरले भित्र्यायो नयाँ एटिआर जहाज, अर्काे महिनाबाट उडान थाल्ने



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ ।

laxmi

फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीद्वारा निर्मित जहाज कम्पनीले सोमबार नेपाल भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोलि फ्रान्स गएको कम्पनीले जानकारी दिएको छ ।

नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्रा्स्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेका छन ।

नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्ने कम्पनीले जानकारी दिएको छ । बुध्द एयर आगामी जेठ १३ बाट एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्ने एयरले जानकारी दिएको छ । भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL