Logo

ग्राउण्ड ह्याण्डलिङमा समस्या आए पछि जापान उडान अनिश्चित, समाधानका लागि खरेल आफैं जापान जाने

ग्राउण्ड ह्याण्डलिङमा समस्या आए पछि जापान उडान अनिश्चित, समाधानका लागि खरेल आफैं जापान जाने



काठमाडौं । ग्राउण्ड ह्याण्डलिङको समस्या भए पछि नेपाल वायुसेवा निगमको जहाजले तत्काल जापान उडान नगर्ने भएको छ । निगमले फेब्रुअरिबाट जापानमा आफ्नो जहाजले उडान भर्ने लक्ष राखे पनि ग्राउण्ड ह्याण्डलिङ सम्झौता नभएकै कारण उडान नगर्ने भएको हो ।

laxmi

सुरुमा सबै कुरा मिलेको थियो निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने, ‘हामीले सोचेकै थिएनौ यस्तो समस्या आउला भनेर तर भईदियो त्यस्तै ।’ उनले भने ‘ग्राउण्ड ह्याण्डलिङ गर्ने कम्पनीले हामीलाई सुरुमानै हामी गर्छौ भनेर पत्र समेत पठाई सकेको थियो । हामी ढुक्क भएर बस्यौं तर अहिले आएर हामी गर्दैनौं भनेको छ ।’

यो समस्या भनेकै समयमै ग्राउण्ड ह्याण्डलिङ सम्झौता नभएर हो । जुन कम्पनीले ग्राउण्ड ह्याण्डलिङ गर्ने भनेको थियो त्यो कम्पनीसँग अहिले सम्म निगमले सम्झौता समेत नगरेको निगम श्रोतले जानकारी दिएको छ ।

सकेसम्म यसको समाधान हामी छिट्टै गछौं, यसका समाधानका लागि केहीदिन भित्रै आफु जापान जाने तयारीमा रहेको समेत कार्यकारी अध्यक्ष खरेलले जानकारी दिएका छन ।

ग्राउण्ड ह्याण्डलिङको समस्या भएपछि निगमले फेब्रुअरिमा गर्ने भनेको जापान उडान जुन जुलाईमा हुने भएको छ । अध्यक्ष खरेलका अनुसार करिब अवको एक हप्ता भित्रै उक्त समस्याको समाधान गरि अन्य केही बाँकी रहेको काम समेत पुरा गर्ने भएको छ ।

त्यहाबाट कुनै जानकारी नआएकाले उडान हुन नसकेको खरेलले बताए । जापानबाट सबै स्वीकृती प्राप्त गरेको अवस्थामा जापान उडान गर्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL