Logo

४ महिनादेखि सौर्यको ग्राउन्डेड जहाज आजदेखि संचालनमा, ५० यात्रु लिएर भैरहवा उड्यो

४ महिनादेखि सौर्यको ग्राउन्डेड जहाज आजदेखि संचालनमा, ५० यात्रु लिएर भैरहवा उड्यो



काठमाडौं । ४ महिना देखी ग्राउण्डेड रहेको सौर्य एयरले शुक्रबार आफ्नो पहिलो उडान भरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बक्यौता बापतको रकम बुझाएपछि शुक्रबार आफ्नो पहिलो उडान भरेको हो ।

एयरले यही मंगलबार दिउँसो बक्यौता रकमको पहिलो किस्ता बापत ५० लाख रुपैयाँ बुझाएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । कम्पनीको उक्त ५० सिट क्षमतायुक्त जहाजले शुक्रबार बिहान ५० यात्रु लगेर भैरहवा उडेको कम्पनीले जानकारी दिएको छ । पहिलो उडान बिहान सवा ८ बजेको भएपनि जहाज सवा ९ बजे अर्थात १ घण्टा डिले भई उडेको थियो ।

विमानस्थलले पार्किङ, सेवा शुल्क लगायतको बक्यौता रकम नबुझाएको भन्दै करिब ४ महिना अगाडी जहाज ग्राउण्डेड भएको थियो । कम्पनीले विमानस्थललाई बुझाउनु पर्ने बक्यौता रकमबाट ५० लाख रुपैयाँ बुझाए पछि विमानस्थलले कम्पनीलाई जहाज संचालन गर्ने अनुमति दिएको थियो । कम्पनीले अवको १० दिन भित्रमा अर्को ५० लाख रुपैयाँ बुझाउने र २ महिना भित्रमा सबै रकम चुक्ता गर्ने गरी मौखिक रुपमा बताएको महाप्रवन्धक क्षेत्रीले जानकारी दिएका छन ।

कम्पनीले विमानस्थललाई करिब ४ करोड रुपैयाँ बक्यौता रकम बुझाउनु पर्ने छ । पटक पटक लगानीकर्ता भित्र्याए पनि बक्यौता रकम बुझाउन नसकेको सौर्य एयरले भारतीय लगानीकर्ता कुबेर समुहलाई जहाज विक्री गरे पछि सो बक्यौता रकम बुझाउन सफल भएको हो । कम्पनीले आगामी २ वर्ष भित्रै थप १२ ओटा जहाज समेत ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL