Logo

५ वर्षमा नेपाली आकाशमा १८ हवाई दुर्घटना २५ पाईलटको निधन, पाईलटलाई दोष दिँदै पन्छिदै सरकार

५ वर्षमा नेपाली आकाशमा १८ हवाई दुर्घटना २५ पाईलटको निधन, पाईलटलाई दोष दिँदै पन्छिदै सरकार



काठमाडौं । नेपाली आकाशमा पछिल्लो ५ वर्षमा मात्रै १८ ओटा हवाई दुर्घटना भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका तथ्याङक अनुसार २०१४ देखि २०१९ सम्म आईपुग्दा सो दुर्घटना भएको हो ।

५ वर्षे हवाई दुर्घटनाबाट मात्रै १ सय २३ जनाले ज्यान गुमाएको छ भने २४ जना घाईते भएका छन । सो मध्ये २५ जना पाईलट रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

अधिकांश दुर्घटनाको कारण भने चालकदललाई मानिएको छ । त्यसो त नेपालको भौगोलिक अवस्थाले पनि दुर्घटना हुन सक्ने प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले बताए ।

हालसम्म भएका हवाई दुर्घटनामा पाईलटकै निधन भए पछि छानविन समितिले समेत पाईलटलाई दोष दिने गरेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । साथै पाईलटको निधन नभए छानविन समेत फितलो बनाइने गरेको ती अधिकारीले जानकारी दिए ।

तर अधिकांश दुर्घटनामा पाईलटको समेत ज्यान जाने भए पछि प्रतिवेदन पनि सोही अनुसार आउने र उनीहरुकै लापर्वाहीले हुने गरेको उनको दाबी थियो । हवाई दुर्घटनामा के भएको थियो भन्ने ब्यक्ति नै नरहे पछि घटनाको वास्तविकता बाहिर नआउने र पाईलटलाई दोष थुपार्ने काम निरन्तर भईरहेको छ । पछिल्लो समय हवाई दुर्घटनामा मृतक पाईलटमाथी दोष थुपार्ने काम भइरहेको छ ।

गतहप्ता मात्रै भएको एयर डाइनास्टिको हेलिकप्टर दुर्घटनामा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ । सम्भवत सरकारले बनाएको छनविन समितले उक्त दुर्घटनाको दोष समेत खराव मौसम तथा क्याप्टेनकै दोषी देखाउने छ ती अधिकारीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL