Logo

साउदीका जिएसएलाई वार्तामा बोलाउँदै निगम, जापान र चीनमा एकै पटक उडान भर्ने निगमको तयारी

साउदीका जिएसएलाई वार्तामा बोलाउँदै निगम, जापान र चीनमा एकै पटक उडान भर्ने निगमको तयारी



काठमाडौं । नेपाल वायुसेवा निगमले साउदीको रियादमा आफ्नो जहाज उडाउन त्यहाँका आधिकारिक टिकट बिक्रेता (जिएसए) लाई बार्तामा बोलाउने भएको छ ।

निगमले करिब २ पटक सम्म जिएसएको लागि टेन्डर आब्हान गरेको थियो । तर टेण्डरमा समेत जिएसएको लागि कुनै पनि कम्पनी छनौट नभएपछि त्यहाँ रहेका केही जिएसएलाई बार्ताको लागि बोलाउन लागेको हो ।

मार्चसम्ममा साउदी उडान भर्ने तयारी गरेको निगमले जिएसए नपाएपछि विकल्पमा त्यहाँ रहेका केही जिएसएलाईनै वार्तामा बोलाउन लागिएको निगमका सह प्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन । कोईरालाका अनुसार अबको करिब १ महिना भित्रमा त्यहाँ रहेका केही जिएसएहरुसँग बार्ता गरी सो विषयमा टुङ्गो लगाईने भएको छ ।

जापान, हङकङ, कोरिया लगायतका देशमा जिएसए नभए पनि खाडी मुलुकहरुमा भने अनिवार्य जिएसए नियुक्त गर्नु पर्ने भएकाले सकेसम्म छिट्टै यो विषयलाई टुङ्ग्याउन निगम लागि परेको उनले जानकारी दिएका हुन ।

साउदीको लागि अरु प्रकृया सबै टुङ्गो लागि सकेकाले अबको १ महिना भित्रमा जिएसएको पनि टुङ्गो लाग्ने सहप्रवक्ता कोईरालाले बताए । त्यस्तै कोरियाको भने यस अघिनै जिएसए टुङ्गो लागि सकेको छ ।

जापानमा आफ्नो जहाज उडानको लागि अन्तिम तयारीमा रहेको निगमले चीनमा समेतसँगै जहाज उडाउने तयारी गरिरहेको छ ।

फेब्रुअरीबाट जापान र मार्चबाट चीनको गोन्जाव उडानको टार्गेट राखेको निगमले दुबै देशमा एक पटक जहाज उडाउने तयारी थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL