Logo

लेखा समितिको निर्देशन पछि एयरबस ३२० जहाजको टेन्डर स्थगित, टेण्डर प्रकृयामै डेढ अर्ब घोटला

लेखा समितिको निर्देशन पछि एयरबस ३२० जहाजको टेन्डर स्थगित, टेण्डर प्रकृयामै डेढ अर्ब घोटला



काठमाडौं । नेपाल वायुसेवा निगमले एयरबस ३२० को मर्मत गर्न आह्वान गरेको टेन्डर तत्कालका लागि स्थगित भएको छ । सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले टेन्डर स्थगित गर्न निर्देशन दिएको हो ।

laxmi

संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाजको इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निमगलाई निर्देशन दिँदै उक्त टेण्डर प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको हो ।

निगमको वाईडबडी जहाजमा करिब साढे ४ अर्ब रुपैयाँ भ्रष्टचार भएको ठहर गरेको लेखा समितिले निगमको अर्को जहाज ३२० को इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वानमा समेत करिब १ अर्ब ५३ करोड रुपैयाँ घोटाला भएको आशंका गरिएको छ ।

समितिको बैठकले उक्त जहाजको टेण्डर तथा भाडा सम्बन्धि करिब १ अर्ब ५३ करोड रुपैयाँ घोटाला भएको भन्दै टेण्डर प्रकृया रोक्न निर्देशन दिएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिएका छन ।

निगमले लुब्रिहंश कम्पनीलाई परेको सो ठेक्का आह्वान रद्द गरी अर्कै कम्पनीसँग १ अर्ब ५३ करोड घुस लिएर नयाँ प्रक्रिया सुरु गरेको समितिको आशंका छ ।

बैठकमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कानुनसम्मत नभएकाले लुृब्रिहंस कम्पनीलाई दिइएको ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्नु परेको समेत जानकारी दिएका छन ।

समितिका सदस्यहरुले भने उक्त टेन्डर आह्वान प्रक्रियाबारे विस्तृत अध्ययन गरेर मात्रै अघि बढनुपर्ने सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL