Logo

राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत, निजगढको विमानस्थलको नीतिगत अन्यौलता कायमै

राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत, निजगढको विमानस्थलको नीतिगत अन्यौलता कायमै



काठमाडौं । नागरिक उड्डयन प्राधिकरण अन्तरगत निर्माणधिन राष्ट्रिय गौरव आयोजनाको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ ।

laxmi

भैरहवा तथा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति चालू आर्थिक बर्षको अर्धवार्षिकसम्म आईपुग्दा ५५ प्रतिशत पुगेको हो । भौतिक प्रगतिले लक्षअनुसार गति लिए पनि आर्थिक प्रगति भने कम देखिएको छ । राष्ट्रिय गौरव आयोजनाको कार्यान्वयन तथा समन्वयन शाखा प्रमुख चाँदमाला श्रेष्ठका अनुसार भौतिक प्रगति ५५ प्रतिशत पुग्दा आर्थिक प्रगति भने ३५ प्रतिशत मात्रै रहेको छ ।

अहिले भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति भने करिब ६३ प्रतिशत सम्पन्न भईसकेको श्रेष्ठले जानकारी दिएका छन । लक्ष अनुरुप २८ जुन २०१९ मा काम सम्पन्न गर्ने गरि कामलाई तीब्र पारीएको छ । उनका अनुसार जुलाईमा परीक्षण उडान गर्ने र सेप्टेम्बरमा ब्यवसायीक उडान गर्ने लक्षका साथ काम अगाडी बढाईएको छ ।

अहिले भैरहवामा एरोथाई कम्पनीमार्फत आईसिटी ०२ मा नेभिगेशनको काम भईरहेको छ । ०२ र ०१ का काम सँगसँगै लैजाने र तोकेको समय भित्रै उक्त विमानस्थल तयार गर्ने गरि द्रुत गतिमा काम भईरहेको छ श्रेष्ठले जानकारी दिईन् ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भने भर्खर २७ प्रतिशत मात्रै भौतिक निर्माणको काम सम्पन्न भएको नागरिक उड्डण्न प्राधिकरणले जानकारी दिएको छ । यसैगरी निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम भने अघि बढ्न सकेको छैन । कसरी निर्माण गर्ने भन्ने नीतिगत अन्यौलताकै कारण सो विमानस्थल निर्माणको काम अघि बढ्न सकेको छैन ।

तर सो विमानस्थल निमार्नणको लागि जग्गा अधिग्रहण गर्ने कार्य भने करिब अन्तिम चरणमा रहेको छ । उक्त विमानस्थलको जग्गाको मुआब्जा करिब ७० प्रतिशत वितरण भईसकेको छ । करिब २३ अर्ब रुपैयाँ जग्गा अधिग्रहणको मुआब्जा दिनु पर्नेमा अहिले करिब ९ अर्ब रुपैयाँ मात्रै बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार हाल ९ अर्ब रुपैयाँ मध्य नेपाल सरकारले ४ अर्ब रुपैयाँ निकासा गरिसकेको छ भने बाँकी ५ अर्ब पनि छिट्टै निकासा गर्ने तयारी गरिरहेको छ । मुआब्जको काम सम्पन्न भईसके पछि अन्य काम पनि विस्तार गर्दै जाने प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्डयालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL