Logo

नेपाल पर्वतारोहण संघ विरुद्ध सर्वोच्चमा मुद्दा, संघले भन्यो, हिमाल आरोहणको अधिकार खोस्ने काम भयो

नेपाल पर्वतारोहण संघ विरुद्ध सर्वोच्चमा मुद्दा, संघले भन्यो, हिमाल आरोहणको अधिकार खोस्ने काम भयो



काठमाडौं । हिमचुलीहरुको आरोहण अधिकार खोस्ने खराब नियत सहित सर्वोच्च अदालतमा मुदा दायर गरेको प्रति नेपाल पर्वतारोहण संघ (एनएमए) ले आपत्ती जनाएको छ ।

‘हामी विरुद्ध विगतदेखि समूहगत स्वार्थी समुहहरु अनावश्यक मुद्धा मामिलामा लागिरहेका छन, तै पनि हामी डटेर लागेका छौं,’ संघका अध्यक्ष सन्तविर लामाले भने, ‘अहिले पनि केही तत्वहरुले संघले व्यवस्थापन गर्दै आएको हिमचुलीहरुको आरोहण अधिकार खोस्ने खराब नियत सहित फेरि सर्वोच्च अदालतमा मुदा दायर गरेको छ ।’

संघले विगतमा पनि यस प्रकारको अवान्छित गतिविधि विरुद्ध प्रतिरक्षात्मक रुपमा कानूनी लडाई आएको भन्दै फेरी पनि त्यस्ता गतिविधिको विरुद्धमा लाग्ने उनले जानकारी दिए । लामाका अनुसार पहिले पनि हामी माथी यस किसिमको आक्रमण भएकै हो प्रतिउक्तरमा अदालतले हाम्रै पक्षमा फैसल्ला गरेको थियो यस पटक पनि नतिजा आफ्नै पक्षमा आउने दावी गरे ।

सर्वोच्चमा मुद्धा परे पछि लामाले आक्रोस पोख्दै भने संघमा आफू भए ठिक आफू नभए बेठिक यस्तो परिपाटीलाई निर्मुल नपारेसम्म हिमाल आरोहण कहिल्य सुरक्षित नहुने बताए । संघलाई विभिन्न मिथ्या आरोप र शंका उपसंका सहित नवनिर्वाचित कार्यसमितिलाई कार्य सम्पादन गर्न नदिने उद्देश्यले विभिन्न प्रपोकाण्डहरु मच्चाउँदै यस मुद्धामा मलजल गरेको संघको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
MBL