Logo

नेपालीले विदेश भ्रमणमा गर्ने खर्चमा उच्च वृद्धि, विदेशीले नेपालमा गर्ने खर्च बढ्न सकेन

नेपालीले विदेश भ्रमणमा गर्ने खर्चमा उच्च वृद्धि, विदेशीले नेपालमा गर्ने खर्च बढ्न सकेन



काठमाडौं । नेपालीले विदेश भ्रमणमा जाँदा गर्ने खर्च उच्च रुपमा बढेको छ । सरकारले नेपालीले विदेश भ्रमणमा जाँदा गर्ने खर्चमा न्यूनिकरण गर्ने नीति अबलम्बन गरेपनि ठिक त्यसको विपरित खर्च बढ्न पुगेको छ ।

laxmi

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको पहिलो ६ महिनामा ४७ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेका छन् । जुन रकम अघिल्लो बर्षको सोही अबधिको तुलनमा १० करोड रुपैयाँ बढी हो । नेपालीले विदेश भ्रमणमा गत आबको पहिलो ६ महिनामा ३६ अर्ब ७० करोड रुपैयाँ खर्च गरेका थिए ।

नेपालीले विदेशमा गएर खर्च गरेको तुलनााम विदेशीले नेपालमा गर्ने खर्चमा भने वृद्धि हुन सकेको छैन । चालू आबको पहिलो ६ महिनमा विदेशी पर्यटकले नेपालमा आएर ३६ अर्ब ५० करोड रुपैयाँ खर्च गरेका छन् । जुन रकम अघिल्लो आबको सोही अबधिको तुलनमा पौने ३ अर्ब रुपैयाँले मात्र बढी हो । सरकारले विदेशी पर्यटकबाट गत आबको पहिलो ६ महिनमा ३३ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

पछिल्लो समयमा नेपाल भित्रने पर्यटकको संख्यामा वृद्धि भएपनि उनीहरुले नपाल आएर गर्ने खर्च भने बढ्न नसकेको तथ्याङ्कले देखाएको छ । कतिपय पर्यटकहरु भारतीय बाटै हूँदै नेपालमा १ दिनमात्र बस्नेगरी आउने गरेकाले पनि त्यस्ता पर्यटकबाट नेपालले फाइदा लिन नसकेको सम्बद्ध विज्ञहरु बताउँछन् ।

सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा अबका दिनमा नेपालमा सामान्य खालका पर्यटकभन्दा पनि लामो समय भ्रमण गरी खर्च गर्न सक्नेखालमा पर्यटक भित्र्याउन लाग्नु पर्ने उनीहरुको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL