Logo

श्री एयरलाईन्सले पायो अन्तरराष्ट्रिय उडान अनुमती, एओसीको पर्खाईमा

श्री एयरलाईन्सले पायो अन्तरराष्ट्रिय उडान अनुमती, एओसीको पर्खाईमा



काठमाडौं । श्री एयरलाइन्सले २ बर्षपछि अन्तर्रा्ष्ट्रिय उडान अनुमति पाएको छ । कम्पनीले हेलिकप्टरको लाईसेन्स पाएपनि जहाजको लाईसेन्स भने सोमबार मात्रै पाएको हो ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २ वर्षदेखि लाइसेन्सका लागि प्रक्रियामा गएको श्रीलाई अन्तरराष्ट्रिय उडानका लागि लाईसेन्स दिइएको हो ।

कम्पनीसँग हाल ४ ओटा जहाज रहेका छन जसमध्ये ३ ओटा जहाजको मात्रै अन्तरराष्ट्रिय उडान अनुमती लिएको हुनाले ३ ओटा जहाजमात्रै उडाउन पाउने प्राधिकरणले जानकारी दिएको छ । उक्त अनुमती पाएसँगै कम्पनी अब अन्तररष्ट्रिय उडानका लागि एओसीको पर्खाईमा रहेको छ ।

यस्तै कम्पनीले नेपालका विभिन्न ५ ओटा स्थानमा उडान भर्दै आएकोमा अब पोखरा र भरतपुरमा पनि उडान थाल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL