Logo

सौर्य एयरको ग्राउण्डेड जहाज संचालनमा आउँदै, फेब्रुअरि १० देखी उडान भर्ने

सौर्य एयरको ग्राउण्डेड जहाज संचालनमा आउँदै, फेब्रुअरि १० देखी उडान भर्ने



काठमाडौं । सौर्य एयरको जहाजले फेब्रुअरि १० तारिखबाट उडान भर्ने भएको छ ।

विगत लामो समय देखी ग्राउण्डेड रहेको सौर्य एयरले फेब्रुअरिबाट उडान गर्ने गरि तयारी भईरहेको एयरलाईन्सका विमानस्थल प्रबन्धक विनोध मिश्रले जानकारी दिएका हुन ।

फेब्रुअरिबाट उडान सुरु गर्ने लक्ष्य अनुरुपनै पाईलट र कोपाईलटलाई तालिमको लागि जर्मन पठाएको समेत मिश्रले जानकारी दिएका छन ।
कम्पनीले १० तारिखबाट जहाज संचालनमा ल्याउँछु भनेको छ तर अझै टुङ्गो भने लागि सकेको छैन उनले भने । अव करिब मंगलबार सम्ममा भने सबै कुराको टुङ्गो लाग्ने मिश्रले जानकारी दिए ।

कम्पनीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बक्यौता रकम तथा विलम्ब शुल्क नबुझाएको भन्दै करिब २ महिना अगाडी देखी जहाज उडानमा रोक लगाएको छ ।

कम्पनीले हाल विमानस्थललाई बक्यौता बापतको बुझाउनु पर्ने रकम करिब २ करोड ३७ लाख रुपैयाँ भए पनि विलम्ब शूल्क पार्किङ शुल्क लगायत गरि करिब ४ करोड रुपैयाँ पुगेको विमानस्थलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL