Logo

बुटिक एयरपोर्टको अवधारणा अनुरुप टिआईएमा कलात्मक चौतारी निर्माण

बुटिक एयरपोर्टको अवधारणा अनुरुप टिआईएमा कलात्मक चौतारी निर्माण



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) मा बुटिक एयरपोर्टको अवधारणा अनुसार कलात्मक चौतारी निर्माण भएको छ ।
होटल एशोसिएशन अफ नेपाल (हान) को सहकार्यमा विमानस्थलले गोल्डेन गेटसँगै उक्त चौतारा निर्माण गरिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

त्यस्तै विमानस्थललाई सुन्दर र कलात्मक बनाउन गोल्डेन गेट देखी विमानस्थलको प्राङ्गण सम्म रहेको बगैंचाको लागि तारबार समेत गरेको छ ।

क्षेत्रीका अनुसार छिट्टै आन्तरिक टर्मिनलमा समेत बैंगैचाको निर्माण गर्ने भएको छ । सरकारले भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आगामी बैशाख देखी बुटिक एयरपोर्ट घोषणा गर्ने कार्यक्रम रहेको छ ।

सोही अनुसार विमानस्थलको वरिपरी मौलिकता झल्कने बस्तु राख्ने देखी लिएर विदेशी पाहुनालाई आकर्षित गर्न विमानस्थल सिंगारिएको क्षेत्रीले जानकारी दिएका छन ।

बिहीबार शिक्षालय उच्च माध्यामिक विद्यालय मूलपानीका विद्यार्थीहरुसँग सोही विषयमा अन्तरक्रिया समेत भएको छ । अन्तरक्रियामा विद्यार्थीहरुले विमानस्थलको बनोट र हाल भएका गतिविधिको बारेमा जानकारी लिएको क्षेत्रीले जानकारी दिएका छन ।

विद्यार्थीहरुले विमानस्थलको नयाँ स्वरुपलाई अझै कलात्मक बनाउनु पर्ने सुझाव दिएका छन । त्यस्तै विद्यार्थीहरुले विकासका गतिविधिलाई अझै कसरी सुन्दर बनाउन सकिन्छ भन्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL