Logo

निगमको जहाज गण्डकी आज पनि नआउने पक्का, किन रोकियो सिभिल एभिएशनको काम ?

निगमको जहाज गण्डकी आज पनि नआउने पक्का, किन रोकियो सिभिल एभिएशनको काम ?



काठमाडौं । नेपाल वायुसेवा निगमले सिभिल एभिएशनको काम सम्पन्न गरे पछि मात्रै गण्डकी जहाज ल्याउने भएको छ ।

मलेसियामा मर्मत भईरहेको निगमको जहाज ७५७, ९एन एसीबी गण्डकी मंगलबार आईपुग्ने जानकारी दिइएको थियो । तर सिभिल एभिएशनको काम नसकिएकाले कहिले ल्याउने भन्ने विषयमा टुङ्गो नलागेको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिए ।

उनका अनुसार आजै काम सम्पन्न भए भोली जहाज आईपुग्ने र काम सम्पन्न नभए केही ढिला हुने छ । उक्त जहाज लामो समय देखी मर्मतको लागि ग्राउण्डेड भए पछि उडान तालिका लगायतका काम गर्नु पर्ने भएकाले जहाज आउन समय लागेको निगमले जानकारी दिएको छ ।

निगमको सो जहाज करिब २ महिना अघि थर्मल ब्ल्याङकेट परिवर्तन गर्न मलेसिया पुर्याएको थियो । निगमका सह प्रवक्ता कोईरालाका अनुसार जहाज आए पछि ५ वटा जहाजले अन्तरराष्ट्रिय उडान भर्ने छ ।

मलेसिया पुगेको जहाजको थर्मल ब्ल्याङकेट सँगसँगै जहाजको सिडक्ट समेत परिवर्तन गर्नु पर्ने भए पछि जहाज आउन ढिला भएको निगमले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL