Logo

निगमले एयरवसको १३ औं किस्ता बापतको ५० करोड बुझायो, जापान कोरिया नउडेसम्म पूरा रकम तिर्न नसक्ने

निगमले एयरवसको १३ औं किस्ता बापतको ५० करोड बुझायो, जापान कोरिया नउडेसम्म पूरा रकम तिर्न नसक्ने



काठमाडौं । घाटा बेहोरी रहेको नेपाल वायुसेवा निगमले एयरबस ३२० को स्टलमेन्ट बापतको ५० करोड रुपैयाँ रकम बुझाएको छ ।

संचयकोष तथा लगानीबोर्डको ऋण लगानी रहेको एयरबस ३२० तथा एयरबस ३३० को स्टलमेन्ट बापतको ५० करोड रुपैयाँ रकम बुझाएको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

प्रति स्टलमेन्ट १ अर्ब १३ करोड रुपैयाँ बुझाउनु पर्ने भए पनि अहिले निगमको जहाजले राम्रो ब्यापार गर्न नसकेको भन्दै थोरै रकम बुझाएको हो । अहिले बुझाएको एयरबस ३२० को यो १३ औं स्टलमेन्ट भएको निगमले जानकारी दिएको छ । त्यस्तै एयरबस ३३० को भने दोस्रो स्टलमेन्ट बुझाई सकेको छ ।

निगमको जहाजले जापान तथा कोरिया उडान नभरुन्जेल स्टलमेन्टको रकम कसरी बुझाउने भनेर मन्त्रालयमा समेत छलफल भईरहेको निगमले जानकारी दिएको छ । ‘जापान तथा कोरिया फूलफेजमा उडे पछि भने हामी प्रति स्टलमेन्टको पूरा रकम अर्थात १ अर्ब १३ करोड रुपैयाँ नै बुझाउन सक्छौं,’कोईरालाले भने ।

प्रत्येक ३ महिनामा ४ ओटा जहाजको १ अर्ब १३ करोड रुपैयाँ स्टलमेन्टको रकम बुझाउनु पर्ने भए पनि निगमले सो बराबरको रकम बुझाउन सकेको छैन । सो विषयमा नयाँ ब्यवस्थापन पनि गम्भिर भएर लागेको बताउँदै कोईरालाले भने, ‘अहिले संचयकोष, लगानीबोर्ड तथा निगमबीच त्रिपक्षिय छलफल चलिरहेको छ ।’

गत असार र साउनमा २ ओटा वाईडबडी भित्र्याए पछि निगममा आर्थिक संकट बढेको हो । निगमले आर्थिक संकट झेल्दै गए पछि सरकारसँग सहयोग समेत मागेको थियो । तथापी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भने निगमलाई थप सहयोग दिन नसक्ने बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL