Logo

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै दोलखा, शुक्रबार मात्रै पुगे ११ हजार

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै दोलखा, शुक्रबार मात्रै पुगे ११ हजार



काठमाडौं । पछिल्लो समय दालखा घुम्ने पर्यटकको संख्यामा बृद्धि भएको छ । शुक्रबार मात्रै करिब ११ हजार जना आन्तरिक पर्यटक दोलखा पुगेका छन । होटल संगमका संचालक सुन्दर कार्कीका अनुसार दोलखा घुम्न आउने पर्यटकहरुमा काठमाडौं उपत्यका, चितवन, पोखरा, सिन्धुपलाञ्चोक, धादिङ लगायतका रहेका छन ।

दोलखामा करिब ५ देखी ७ हजार जनाको लागि मात्रै होटलमा बस्न सक्ने सुविधा भए पछि राती १ बजे सम्म बसेर भए पनि पर्यटकलाई फ्रि अफ कष्टमा घरघरमा राखेको होटल संगमका संचालक कार्कीले बिजखबरलाई जानकारी दिएका छन ।

दोलखा घुम्न आएका पयर्टकहरू हाम्रो सान हुन भन्दै कार्कीले सम्पुर्ण होटल व्यवसायी, स्थानीय उधमी व्यवसायी तथा स्थानिय बासीहरूलाई नम्र बोली, न्यानो ब्यबहार र न्यानो बाडेर सहयोग गरिदिन समेत आग्रह गरेका थिए ।

दोलखामा पर्यटक बढनुको मुख्य कारण भने कालिञ्चोकको हिँउ नै हो । कालिञ्चोकमा हिँउ परेसँगै पछिल्लो समयमा दोलखामा आन्तरिक पर्यटकहरुको भिड बढ्न थालेको हो । करिब २ हप्ता अघि देखी जिल्लाको उच्च भेगमा हिँउ परे सँगै दोलखाका होटलहरु भरिभराउ भएको कालिञ्चोक कन्ट्री भिल्ला रिर्सोटका ब्यवस्थापक नविन खडकाले जानकारी दिएका छन ।

यस अघि कालिञ्चोकमा हिँउ परेपछि एकै दिनमा करिब ७ हजार जना सम्म आन्तरिक पर्यटक पुगेको थियो । गत बिहीबार देखी दोलखाको धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकलाई स्की पर्यटनको केन्द्र बनाउन स्की तथा इस्नोबोर्डिङ प्रतिष्ठान काठमाडौंले स्की उत्सवको आयोजना समेत गरेको छ ।

करिब २ महिनासम्म सञ्चालन हुने स्की उत्सवले समेत दोलखामा पर्यटकलाई आकर्षित गरेको होटल ब्यवसायीहरुको भनाई रहेको छ ।
त्यस्तै सय थुम्का रहेको सैलुङ, जिरी, नेपालको एक मात्र आनी उत्पादन हुने विगु गुम्बा लगायतका क्षेत्रमा समेत आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको कार्कीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL