Logo

लुम्बिनीमा अन्तरराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट सुरु, पर्यटक प्याकेजको खरिदबिक्री हुने

लुम्बिनीमा अन्तरराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट सुरु, पर्यटक प्याकेजको खरिदबिक्री हुने



काठमाडौं । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तरराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट शुक्रबार देखी सुरु भएको छ । संस्कृित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको मार्टको संयोजन नेपाल एशोसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट नाट्टा नेपालले गरेको हो ।

कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तरराष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पुर्याउने उद्देश्यले ट्राभल मार्ट गर्न लागिएको हो ।

उक्त कार्यक्रमबाट आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवद्र्धधन तथा व्यापारमा टेवा पुग्नेछ । रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्रामसहितको आन्तरिक बुद्धिष्ट सर्किट तथा भारतको बोधगया, राजगीर, सारनाथ र कुशीनगर जोडेर बाह्य सर्किट बनाई संसारभर बुद्धिष्ट सर्किटको एकैखाले प्याकेज तयार भईसकेको नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले जानकारी दिएका छन ।

तीन दिनसम्म जारी रहने मार्टमा पर्यटन सम्बन्धी प्याकेज खरिदबिक्री हुने र विभिन्न मुलुकका पर्यटन सम्बद्ध ६३ जना व्यवसायी, ब्लगर, सञ्चारकर्मी सहभागी रहेको आयोजकले जानकारी दिएको छ ।

लुम्बिनीका साथै मुलुकको पर्यटन प्रवद्र्धन गर्न बढीभन्दा बढी विदेशी पर्यटक नेपाल भित्र्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । कार्यक्रममा ताइवान, चीनबाट सञ्चारकर्मी, अस्ट्रेलिया, जर्मनी, अमेरिकालगायत देशबाट ब्लगर, माल्दिभ्स, श्रीलंका, भुटानलगायत १७ मुलुकबाट टुर अपरेटर सहभागी भएको आयोजकले जानकारी दिएका छन ।

नेपालमानै पहिलो पटक हुन लागेको ब्यवसायिक सम्मेलनले पर्यटन ब्यवसायि लगायत नेपाली पर्यटन क्षेत्र तथा बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

उक्त सम्मेलनमा करिब २ करोड ८ लाख रुपैयाँ खर्च हुने समेत आयोजकले जानकारी दिएको छ । उक्त सम्मेलनले सरकारले लिएको भिजन २०२० लाई समेत सहयोग पुग्ने आयोजकको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL