Logo

नेपाल र जापानबीच हवाई उडान सम्झौता, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

नेपाल र जापानबीच हवाई उडान सम्झौता, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने



काठमाडौ । नेपाल र जापानबीच हवाई सम्झोता भएको छ । बुधबार परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली र जापानी समकक्षी तारो कोनोबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्दै पुनः उडानको लागि दुवै देश सहमति भए पछि सो सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल र जापानबीच हप्तामा १४ उडान भर्ने सहमति भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनोबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय छलफल पछि सम्झौता गर्ने सहमति अनुसारनै उक्त सम्झौता भएको मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिएका छन ।

हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई उडान हुने भएको छ ।
त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति उक्त संयन्त्रले मार्ग निर्देशन समेत गर्ने भएको छ ।

मन्त्री कोनोले काठमाडौं र टोकियो सके सम्म छिटो हवाई सम्पर्कबाट जोडिने विश्वास व्यक्त गर्दै त्यसले जापानी पर्यटक नेपाल भित्र्याउन तथा व्यापार–वाणिज्य प्रवर्द्धनमा टेवा पुग्ने बताएका छन ।

साथै उक्त हवाई सम्झौताले नेपाल वायु सेवा निगमको सेवा विस्तार र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने सरकारको अपेक्षा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL