Logo

नेपाल र जापानबीच बुधबार हवाई सम्झौता हुँदै, हप्तामा १४ उडान हुने

नेपाल र जापानबीच बुधबार हवाई सम्झौता हुँदै, हप्तामा १४ उडान हुने



काठमाडौं । नेपाल र जापानबीच बुधबार सिधा हवाई सेवा सम्झौता हुने भएको छ । यसअघि सन् १९९३ मा जापानसँग भएको सम्झौतालाई अहिले नवीकरण गर्न लागिएको हो ।

गत असारमै हवाई सम्झौताका लागि दुई देशबीच सहमति भए पछि सोही अनुसार बुधबार सम्झौता हुन लागेको हो । सम्झौतापछि नेपाल जापानबीच सातामा १४ वटासम्म उडान हुनेछ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा सो सम्झौता हुने भएको हो ।

तारो कोनोको सहितको १८ सदस्यीय प्रतिनिधिमण्डल अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने भएको छ । जापानको नारिता विमानस्थलसहित अन्य विमानस्थलबाट यो सेवा सञ्चालन हुनेछ । पौड्यालका अनुसार मन्त्रीस्तरीय छलफल पछि सो सम्झाता हुने भएको छ ।

नेपाल जापान सिधा उडान सुरु भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने सरकारले विश्वास लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL