Logo

विमानस्थलको सञ्चार उपकरणमा खराबी आए पछि २ घण्टा उडान प्रभावित, पुनः सुचारु गर्ने तयारी

विमानस्थलको सञ्चार उपकरणमा खराबी आए पछि २ घण्टा उडान प्रभावित, पुनः सुचारु गर्ने तयारी



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि करिब २ घण्टा प्रभावित भएको उडान पुनः सुचारु हुने भएको छ ।

विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीका अनुसार भीसीसीएस बिग्रिएकाले केहीबेर उडान प्रभावित भएको थियो । अहिले उक्त भीसीसीएस परिवर्तन गरिसकेकाले पुनः उडान सुरु हुने भएको हो ।

‘एरिया एप्रोचको पावर सप्लाईमा प्रबलमका कारण भीसीसीएस गएको हो । हामीसँगै भीसीसीएस एक्स्ट्रा भएकाले तत्काल परिवर्तन गरेका हौं तिवारीले भने ।

‘अराइभलमा डिस्टर्ब छैन, डिपार्चरमा भने केही समय समस्या आएको हो तर अहिले सो समस्या हल भईसक्यो,’ तिवारीले भने ।

काठमाडौं उपत्यका भित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिरको क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिने समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL