Logo

पर्यटन बोर्डका सिईओ जोशी भन्छन्, ‘पूर्वाधारको विकास विना भिजन २०२० असम्भव’

पर्यटन बोर्डका सिईओ जोशी भन्छन्, ‘पूर्वाधारको विकास विना भिजन २०२० असम्भव’



काठमाडौं । नेपाल पर्यटनबोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले भिजन २०२० सफल बनाउन पूर्वधार विकासमा जोड दिनु पर्ने बताएका छन ।

सरकारले भिजन २०२० सफल बनाउन कार्यक्रम कार्यन्वयन उपसमिति समेत गठन गरिसकेको अवस्थामा अवका दिनमा भौतिक पूर्वधार विकासलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

सरकारले भिजन २०२० लाई सफल बनाउन एक उपसमिति गठन गरिसकेको र आगामी दिनमा सोही उपसमितिले बनाएको क्यालेण्डर अनुरुप अगाडी बढ्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिएका छन ।

उनका अनुसार भिजन २०२० लाई सफल बनाउन उपसमितिले बनाएको क्यालेण्डर र बोर्डको पर्यटन प्रर्वद्धनका कार्यक्रमलाई पनि सँगसँगै लगिने भएको छ । भिजीट २०२० मा ३ भागमा रहेर काम गर्ने जोशीले जानकारी दिएका छन । आन्तरिक रुपमा पूर्वधार र क्षमता अभिवृद्धिका तालिम दिने तथा बाह्य प्रर्बद्धन गर्ने काम समेत भईरहेको उनले जानकारी दिएका छन ।

पर्यटन वर्ष २०२० लाई राष्ट्रिय महत्वका रुपमा हेरिएको पर्यटन बोर्डले भौतिक पूर्वधार, बेमौसममा पनि पर्यटक बढाउने रणनितिका साथ काम गरेको जोशीको भनाई रहेको छ । ‘अहिलेकै अवस्थामा २० लाख पर्यटकलाई राख्न सक्ने क्षमता हामी सँग छ,’ उनले भने, ‘तर पूर्वधारमा हामीले अलि जोड दिनुपर्ने देखिन्छ त्यो काम पनि भईरहेकै छ ।’

आउने जुन जुलाई सम्ममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवेको रिह्यावको काम सम्पन्न हुने र सेप्टेम्बर देखी भैरहवा लुम्बिनीको विमानस्थल संचालनमा आउने भए पछि पूर्वाधारमा ठूलो उपलब्धी हुने समेत उनको दावी रहेको थियो । यीे विमानस्थलहरु राम्रो सँग संचालनमा आए पछि २० लाख पर्यटक पुर्याउन गाह्रो नहुने उनले जानकारी दिए ।

भिजन २०२० को नारा मात्रै अगाडी आयो, तर सफल हुनलाई खासै तयारी भए गरेको देखिदैन नि भन्ने प्रश्नमा नेपालमा थुप्रै कामहरु भएको जोशीले दावी गरेका छन । तयारी भनेकै ३÷४ ओटा लक्ष्यमा रहेर काम गर्ने हो सोही अनुरुप हामी काम गरिरहेका समेत उनले जानकारी दिए ।

अन्तरराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्न नेपालका आकर्षक स्थानहरुको पहिचान गरी अन्तरराष्ट्रिय संचार माध्यमहरुमा प्रचार प्रसार गर्ने देखी नेपाल आउने पर्यटकहरुलाई सुचना दिने लगायतका धेरै काम गरिरहेको उनको दावी थियो । प्रचार प्रसारकै लागि भए पनि ट्राभल ट्रेडहरुमा सहभागिता जनाउने काम समेत भईरहेको छ ।

पर्यटकलाई आकर्षित गर्नकै लागि हरेक प्रदेशका मूख्य मन्त्रीहरुलाई मूल आयोजकको सदस्यमा राखेका छौं त्यस्तै विभिन्न मन्त्रालयका सचिबहरु समेत सदस्य रहेको उनले जानकारी दिए । ‘पर्यटन क्षेत्र आफैं अगाडी आउने क्षेत्र होईन, अरु क्षेत्र बलियो भयो भने पर्यटन क्षेत्र पनि अगाडी आउन सक्ने भएकाले अन्य क्षेत्रसँग समन्वय गरि काम अगाडी बढाईरहेका छौं,’ जोशीले भने ।

‘पहिला देश अनि विदेश’ भन्ने नारा ल्याएको सरकारले सय गन्तब्य पहिचान गरि सके पछि आफूलाई यसबारेमा खासै जानकारी नभएको जोशीको भनाई रहेको छ । मन्त्रालयको योजनाशाखाबाट काम हुने भएकाले आफूलाई सो विषयमा त्यति जानकारी नभएको उनले जानकारी दिएका छन ।

आफूहरुले आन्तरिक पर्यटन प्रर्वद्धन भने काम गरिरहेको उनले जानकारी दिएका छन । हालै मात्रै रारा, पोखरा, लगायत देशका बिभिन्न स्थानहरुमा कार्यक्रम गरीरहेको उनले जानकारी दिएका हुन । भिजन २०२० लाई सफल बनाउन भने आधारभूत पूर्वधारनै मूख्य चुनौतिको बिषय रहेको छ । एयरबस, स्थापित गन्तब्यहरु, सडक, सेवा लगायतका मूख्य चुनौती रहेको समेत उनले जानकारी दिए ।

‘पर्यटन उद्योगलाई दक्ष जनशक्तिको आवश्यक रहेकाले उनिहरुलाई तालिमको आवश्यक्ता रहेको छ,’ जोशीले भने, ‘नेपाललाई फरक ढङ्गबाट १२ महिना नै पर्यटक आउने गरि ब्यापार गर्नु पर्ने र त्यसको लागि बोर्डले काम गरिरहेको छ ।’

विमानस्थलको लागि काठमाडौं र लूम्बिनीले आधार दिने भएकाले पनि दक्ष जनशक्तिको लागि भने यही वर्षमा १० हजारजनालाई तालिम दिन लागेको समेत जोशीले बिजखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL