Logo

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको कार्गो भवन निर्माण सुरु, लागत ९० करोड ३६ लाख

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको कार्गो भवन निर्माण सुरु, लागत ९० करोड ३६ लाख



काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको कार्गो भवनको निर्माण कार्य सुरु भएको छ ।

९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँमा निर्माणहुने उक्त कार्गो भवनको शिलन्यास गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले तोकिएको समय भन्दा ४ महिना अगाडीनै भवन निर्माण सम्पन्न हुने बताएका छन ।

भवन निर्माणको ठेक्का पाएको शर्मा लुम्बिनी गजुरमुखी जेभीले समयमै निर्माण सम्पन्न गरे ठेकेदारलाई बोनस समेत उपलब्ध गराउने मन्त्री अधिकारीले घोषणा गरेका छन ।

निर्माण सुरु भएको उक्त कार्गो भवन अन्तरराष्ट्रिय मापदण्ड अन्तरर्गत स्तरीय र अत्याधुनिक किसिमले निर्माण हुने विमानस्थल आयोजनाले जानकारी दिएका छन ।

मन्त्री अधिकारीले २०१९ को अगस्त महिनासम्म विमानस्थल तयार भएपनि सेप्टेम्बर महिनामा संचालनमा ल्याउने योजना अनुसार निर्माण कार्य जारी रहेको जानकारी दिएका छन ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई बेस बनाएर श्रीलंका, म्यानमार, चीन, कम्बोडिया लगायतका देशहरुले विमान संचालन गर्नका लागि निवेदन दिइरहेको समेत मन्त्री अधिकारीले जानकारी दिएका छन ।

उक्त विमानस्थल संचालनमा आएसँगै भिजन २०२० सफल हुनेमा समेत मन्त्री अधिकारी विश्वस्त रहका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL