Logo

विमानस्थलको बक्यौता रकम १ अर्ब माथी, भन्सार विभागले कहिले तिर्ला ५५ करोड ?

विमानस्थलको बक्यौता रकम १ अर्ब माथी, भन्सार विभागले कहिले तिर्ला ५५ करोड ?



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूरानो बक्यौता रकम १ अर्ब भन्दा माथी रहेको विमानस्थलले जानकारी दिएको छ ।

भन्सार विभागको विगत १० वर्ष भन्दा अघिदेखीको ५५ करोड रुपैयाँ बक्यौता रकम अझै नबुझाएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार बारम्बार ताकेता गर्दा पनि सो रकम उठ्न नसकेको हो । सरकारी संस्था भएकाले पनि रकम उठाउन केही समस्या भएको क्षेत्रीको भनाई रहेको छ ।

सरकारी संस्था हुनाले सरकारले मिनाहा गर्छ कि भनेर पनि अहिले सम्म विभागले उक्त रकम नतिरको उनले जानकारी दिएका छन । उनका अनुसार विमानस्थललाई बक्यौता तिर्न बाँकी रहेका विभागपछि नेपाल वायुसेवा निगम हो ।

निगमको बक्यौता रकम ३३ करोड रुपैयाँ रहेको छ । निगमले किस्तामा रकम बुझाए पनि अझै ३३ करोड रुपैयाँ बक्यौता रहेको क्षेत्रीले जानकारी दिएका छन । त्यस्तै हिमालय एयरको बक्यौता रकम १४ करोड रुपैयाँ रहेको छ ।

३ ओटा बोईङ संचालनमा रहेका र किस्ताबन्दीमा बक्यौता रकम बुझाएकाले हिमालय एयरलाई ग्राउण्डेड नगरेको विमानस्थलका एक कर्मचारीले जानकारी दिएका छन ।

तर विमानस्थलले बारम्बार ताकेता गर्दा पनि २ करोड ३७ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी नगर्दा सौर्य एयर भने विगत २७ दिन देखी ग्राउण्डेड छ ।

तर सौर्य एयरका विमानस्थल प्रबन्धक विनोद मिश्रले भने आन्तरिक समस्या र पाईलटहरु तालिममा रहेकाले जहाज ग्राउण्डेड गरेको बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL