Logo

लुम्बिनी गुरुयोजना ग्लोबल टेण्डरको प्रक्रियामा, ३ वर्ष भित्र सम्पन्न होला ठूला परियोजना ?

लुम्बिनी गुरुयोजना ग्लोबल टेण्डरको प्रक्रियामा, ३ वर्ष भित्र सम्पन्न होला ठूला परियोजना ?


रासस
0
Shares

काठमाडौं । लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल टेण्डरको प्रक्रिया सुरु गरेको छ ।

गुरुयोजनाको काम सुरु भएको ३५ वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत्र आलोचना भएपछि कोषले आगामी ३ वर्षभित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्न ग्लोबल टेण्डरको प्रक्रिया सुरु गरेको हो ।

सन १९७८ सालमा जापानका वास्तुकलाविद् केन्जो टांगेले निर्माण गरेका गुरुयोजनाले लुम्बिनीलाई विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आर्कषक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । गुरुयोजनाले १ हजार १ सय ५५ बिघा जमीनलाई उद्यान क्षेत्र, अन्तरराष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनीग्राम क्षेत्र गरी ३ भागमा विभाजन गरेको छ । गुरुयोजनाको ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ तर गुरुयोजनाभित्र रहेका ठूला परियोजना भने अझै बाँकी छन ।

६ ओटा डोम आकारका भवन, पानी, विद्युत, टेलिकम्युनिकेसन, अडिटोरियम हल, ढल निकास, विद्यालय, तेलार नदी डाइभर्सन, सिम्वोलिक पेभिलियनलगायतका ठूला काम सक्न ग्लोबल बोलपत्र प्रक्रिया सुरु गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिएका छन । कोषले बाँकी काम सक्न अझै ६ अर्ब रुपैयाँ बजेट खर्च हुने बताएको छ । यहाँ हालसम्म ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

ग्लोबल बोलपत्र अघि बाँकी आयोजनाको योजना, डिजाइन र स्टिमेटका साथै निर्माण अवधिभर सुपरिवेक्षण गर्नका लागि अन्तरराष्ट्रिय परामर्शदाता छनोट गर्न सूचना जारी गरिसकेको छ । ३ महीनाभित्र परामर्शदाताले गर्ने डिजाइन र स्टिमेटका आधारमा ३ वर्षभित्र सबै काम सक्ने गरी ग्लोबल बोलपत्र गर्ने कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले बताएका छन ।

१० वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको लुम्बिनी अहिले घुम्न लायक पवित्रस्थलको रुपमा विकास भइसकेको छ । यो वर्ष स्वदेशी तथा विदेशीसहित करीब १७ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL