Logo

हिउँ परेसँगै बढे कालिञ्चोकमा आन्तरिक पर्यटक, शनिबार बिहानमात्रै ७ हजार जना पुगे

हिउँ परेसँगै बढे कालिञ्चोकमा आन्तरिक पर्यटक, शनिबार बिहानमात्रै ७ हजार जना पुगे



काठमाडौं । दोलखाको धार्मिक पर्यटकिय स्थल कालिञ्चोकमा हिउँ परेसँगै पर्यटक आगमनमा बृद्धि भएको छ ।

शुक्रबार जिल्लाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएसँगै कालिञ्चोकमा हिउँसँग रमाउने पर्यटकको संख्यामा बृद्धि भएको हो ।
शनिबार बिहान मात्रै करिब ७ हजार जना पर्यटक हिउँ खेल्न तथा मन्दीर दर्शनको लागि आई पुगेको कालिञ्चोक कन्ट्री भिल्ला रिर्सोटका ब्यवस्थापक नविन खडकाले जानकारी दिएका छन ।

उनका अनुसार अझै बढने सम्भावना रहेको छ । काठमाडौंबाट आउने पर्यटक हिउँका कारण ३ देखी ४ किलोमिटर हिंड्नु परेकाले आगन्तुकहरु चरिकोटमा नै बसेको र बेलुका सम्ममा आईपुग्ने उनले जानकारी दिएका छन ।

अरु बेला ५ सयको हाराहारीमा आउने आन्तरिक पर्यटक शुक्रबार हिउँ परेसँगै कालिञ्चोकमा ७ हजार पर्यटक एकै पटक आएका छन उनले भने । सामान्य कुरीमा वस्ने आन्तरिक पर्यटकलाई एक रातको खाना वस्न १५ सय रुपैयाँ भए पुग्ने उनको भनाई रहेको छ । तर जाडो सिजन भएकाले ग्राहकहरुले राम्रै खर्च गर्ने गरेको उनले बताए ।

झन अहिले त हिउँ परेको छ । होटलहरुको राम्रो आम्दानी गर्ने बेला हो यो खडकाले भने । अहिले यहाँ बास पाउन समेत गाह्रो छ । अवको १ महिना सम्म हिउँ पर्ने समय भएकाले पनि आन्तरिक पर्यटककको रोजाईमा कालिञ्चोक, खरिढुङ्गा, शैलुङ, चेर्दुङ, जिरी लगायतको क्षेत्र पर्ने गर्छन ।

हिउँ पर्न थाले पछि हिउँमा रमाउन काठमाडौं लगायतका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटकहरु यस क्षेत्रमा आउने गर्छन । अहिले उक्त क्षेत्रमा करिब ६० देखी ६५ ओटा साना ठूला होटल भए पनि स्तरीय होटल भने ५ देखी १० वटामात्रै रहेको खडकाको भनाई रहेको छ ।

गत वर्षहरुमा कात्तिक महिनादेखि हिमपात हुने गरेको भए पनि यो वर्ष भने पहिलोपटक हिउँ पर्न सुरु भएको स्थानीयहरुले बताएका छन । यसअघि करिब दुई साता पहिले कालिन्चोकमा हल्का हिमपात भएको थियो खडकाले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL