Logo

पर्यटकको चहपहलसँगै होटल रेष्टुराँ खुल्ने क्रम बढ्यो, ५ महिनामा दर्ता भए ८ सय होटल रेष्टुँरा

पर्यटकको चहपहलसँगै होटल रेष्टुराँ खुल्ने क्रम बढ्यो, ५ महिनामा दर्ता भए ८ सय होटल रेष्टुँरा



काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ५ महिनामा करिब ८ सय ओटा होटल तथा रेष्टुराँ संचालनका लागि दर्ता भएका छन् । सो अबधिमा साना ठूला गरी ८ सय होटल, लज, रेष्टुँरा तथा बार संचालनको लागि दर्ता भएको कम्पनी रजिष्टारको कार्यालयले जानकारी दिएकोछ ।

कम्पनी रजिस्टारको कार्यालयका तथ्याङक अनुसार २०७५ साउन १ देखी पुस १ गते सम्ममा ८ सय ओटा होटल, लज, रेष्टुँरा तथा बार दर्ता भएका हुन् । गत वर्षको सोही अवधिमा दर्ता हुने होटल रेष्टुँराको संख्या भने ६ सय १० मात्रै रहेको थियो ।

सो अबधिमा १० लाख रुपैयाँसम्म अधिकृत पूँजी भएका होटल तथा रेष्टुँराहरु १ सय २० ओटा, १० लाख देखी ५० लाख रुपैयाँसम्मका २ सय ६० र ५० लाख देखी १ करोड रुपैयाँ पूँजी भएका होटल तथा रेष्टुँरा भने १ सय ८५ ओटा दर्ता भएका छन ।

त्यस्तै १ करोड देखी ५० करोड रुपैयाँ सम्मको २ सय ३२ र ५० करोड रुपैयाँ भन्दा माथी १ अर्ब सम्मका होटल, रेष्टुँरा भने २ ओटा रहेका छन । १ अर्ब रुपैयाँ भन्दा माथीको लगानी रहेका होटल भने १ ओटा दर्ता भएको तथ्याङकमा उल्लेख छ ।

१ अर्ब रुपैयाँ भन्दा माथीको होटल भने ‘काठमाडौं सेन्ट्रल होटल’ रहेको छ भने ५० करोड रुपैयाँ भन्दा माथी १ अर्ब सममका होटल भने ‘स्काई जोन होटल्स एण्ड बैंङ्गकेटस’ काठमाडौं र ‘ब्लु सफायर इन’ मोरङ रहेका छन ।

सरकारले भिजन २०२० को नारालाई अगाडी बढाए पछि पछिल्लो समयमा होटल ब्यवसाय गर्नेहरुको क्रम पनि बढ्दै गईरहेको ब्यवसायीहरु बताउँछन् ।

कार्यालयका तथ्याङक अनुसार सुरुको ३ महिनामा भने सानाठूला गरी ३ सय ६४ ओटा होटल, लज, रेष्टुँरा तथा बार दर्ता भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL