Logo

पर्यटन मन्त्रीलाई बुद्ध एयरको चिठी, ‘नियामक र कार्यान्वयन गर्ने सस्था छुट्याऔ’

पर्यटन मन्त्रीलाई बुद्ध एयरको चिठी, ‘नियामक र कार्यान्वयन गर्ने सस्था छुट्याऔ’



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्टयाएर नियामक निकाय र सेवा प्रदायक बनाउन बुद्ध एयरले समेत माग गरेका छन ।

सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारिलाइ एक पत्र लेख्दै हवाइ सुरक्षा सुधारका लागि नियामक र कार्यान्वयन गर्ने सस्था फरक हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले एयरपोर्ट सेफ्टीको लागि अन्तरराष्ट्रिय अवधारणा अनुसार नियामक निकाय र सेवाप्रदायक हुनुपर्ने माग रहेको भन्दै मन्त्री अधिकारीलाई एक पत्र पेश गरेका हुन ।

कुनै दुर्घटना हुनुभन्दा अगावै यस बारेमा छलफल हुनुपर्ने धारणा रहेको पत्रमा उल्लेख छ । युरोपीएन युनियनले पनि प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक नबनाएको भन्दै कालोसुचीबाट हटाएका छैनन् ।

प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक बनाउने उक्त मस्यौदा भने विगत २ वर्ष देखी मन्त्रालयमै अडकिएर बसेको मन्त्रालयका सहसचिब बुद्धिसागर लामिछानेले जानकारी दिएका छन ।

लामिछानेले भने क्याविनेटमा लाने तयारी भईरहेको मात्र बताए । तर उक्त फाईल २ वर्ष अघि देखीनै क्याविनेटमा लाने तयारी भए पनि अहिले सम्म क्याविनेटमा पुगेको छैन ।

जुन ड्राफ्टको समिक्ष गर्न कमिटि समेत गठन गरेर काम अगाडी बढीसकेको अवस्थामा कानुन मन्त्रालयको राय लिने र संसदमा पेश गर्ने तयारीमा रहेको उप निर्देशक राजन पोखरेलले बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL