Logo

पर्यटन विभागले ४ महिनामै उठायो ४६ करोड राजश्व, जुवाघर बन्यो धेरै आम्दानीको स्रोत

पर्यटन विभागले ४ महिनामै उठायो ४६ करोड राजश्व, जुवाघर बन्यो धेरै आम्दानीको स्रोत


रासस
0
Shares

काठमाडौं । पर्यटन विभागले चालु आर्थिक वर्षको सुरुको ४ महीनामै ४६ करोड रुपैयाँ राजश्व सङकलन गर्न सफल भएको छ ।

विभागले यो वर्षका लगि १ अर्ब १३ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकामा प्रथम चौमासिकमै ४६ करोड रुपैयाँ राजश्व उठाउन सफल भएको हो ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगतका वर्षभन्दा यो वर्ष लक्ष्यभन्दा उल्लेख्य रुपमा राजश्व सङकलन वृद्धि हुने अनुमान गरिएको बताएका छन । सङकलित राजश्वमध्ये सबैभन्दा बढी जुवाघर (क्यासिनो) बाट उठेको हो ।

अघिल्लो वर्ष क्यासिनोबाटै ५० करोड रुपैयाँ भन्दा बढी राजश्व उठेको थियो । विभागबाट दर्ता हुने होटल, ट्राभल आदि पनि राजश्वका मुख्य स्रोत हुन् ।

विभागले आव २०६४÷७५ मा १ अर्ब १३ करोड रुपैयाँ राजश्व उठाएको थियो । त्यस्तै आव २०६३÷७४ मा ६६ करोड रुपैयाँमात्र राजश्व उठाउन सफल भएको थियो ।

विभागको सेवालाई थप गतिशील र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अघि बढाएको महानिर्देशक घिमिरेले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL