Logo

जाडो सुरु भए सँगै कालिञ्चोकमा बढे पर्यटक, एउटै होटलले कमाउँछन मासिक १० लाख

जाडो सुरु भए सँगै कालिञ्चोकमा बढे पर्यटक, एउटै होटलले कमाउँछन मासिक १० लाख



काठमाडौं । जाडो मौसम सुरु भए सँगै दोलखाको कालिञ्चोक आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ ।

कालिञ्चोक मन्दीरको दर्शन सँगै कालिञ्चोकबाट देखीने हिमालका दृश्य हेर्न आन्तरिक पर्यटकको संख्या पछिल्लो समयमा बढेको छ । गर्मी सिजनमा सामान्यतया मासिक २ देखी ३ लाखको कमाई गर्ने कालिञ्चोक कुरीका होटलहरुले जाडो मौसममा भने मासिक १० लाख सम्म कमाउने गरेका छन ।

कालिञ्चोक कन्ट्री भिल्ला रिर्सोटका ब्यवस्थापक नविन खडकाका अनुसार जाडो सिजन सुरु भए सँगै ब्यापारले पनि गति लिएको बताउँछन । सामान्य कुरीमा वस्ने आन्तरिक पर्यटकलाई एक रातको खाना वस्न १५ सय रुपैयाँ भए पुग्ने उनको भनाई रहेको छ । तर जाडो सिजन भएकाले ग्राहकहरुले राम्रै खर्च गर्ने गरेको उनले बताए ।

विदेशी पर्यटकको तुलनामा नेपाली पर्यटकले राम्रै खर्च गर्छन उनले भने । नेपाली पर्यटक आउँदा एकै रातमा एकजनाले ३ देखी ५ हजार रुपैयाँ सम्म खर्च गर्ने गरेको उनको अनुभव रहेको छ । साथीहरु ग्रुपमा आउँदा भने एकै ग्रुपले १० देखी १५ हजार सम्म खर्च गर्छन खडकाले भने ।

‘अझै ब्यापार बढने दिन आउँदै छ’ खडकाले भने । जव कालिञ्चोकमा हिँउँ झर्न थाल्छन तव आन्तरिक पर्यटक हिँउ (स्नो स्केटिङ) खेल्न आउने पर्यटकको बृद्धि भई होटलको आम्दानी समेत बढने उनको दावी रहेको छ ।

अहिले कालिञ्चोकमा स्तरिय होटलहरु खोल्ने क्रम बढ्दै गईरहेको समेत उनले जानकारी दिएका छन । आफु पनि भक्तपुर देखी कालिञ्चोकको कुरी गएर ४ करोड रुपैयाँ खर्चेर उक्त रिर्सोट स्थापना गरेको उनले बताए ।

अहिले उक्त क्षेत्रमा करिब ६० देखी ६५ वटा साना ठूला होटल भए पनि स्तरीय होटल भने ५ देखी १० वटामात्रै रहेको खडकाको भनाई रहेको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL