Logo

सुधार हुँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, ३ महिना भित्र लिफ्ट र कन्भेयरवेल्ट परिवर्तन गर्ने

सुधार हुँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, ३ महिना भित्र लिफ्ट र कन्भेयरवेल्ट परिवर्तन गर्ने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रि विमानस्थलले आगामी ३ महिना भित्रमा विमानस्थलमा रहेका ३ वटै लिफ्ट परिवर्तन गर्ने भएको छ ।

२० वर्ष भन्दा बढी पुरानो भएको लिफ्ट परिवर्तन गर्न लागिएको र त्यसको तयारीमा लागेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

त्यसतै यहि २ महिना भित्रै कन्भेयर वेल्ट राख्न लागेको समेत क्षेत्रीले जानकारी दिएका छन । हालै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गरेको विमानस्थलले जानकारी दिएको छ ।

यस्तै विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तरराष्ट्रयस्तरको नयाँ सुरक्षा जाँच केन्द्र समेत स्थापना गरेको छ ।

सुरक्षा जाँच केन्द्रले विमानस्थलको सुरक्षालाई प्रभावकारी बन्ने क्षेत्रीको दाबी रहेको छ । क्षत्रीका अनुसार आगामी बैशाख १ गते बाट एराईबल कक्ष तल्लो भवनमा सार्ने गरि काम भईरहेको समेत जानकारी दिएका छन ।

हामी विमानस्थलको सुधारको लागि दिनरात खटिरहेका छौं क्षेत्रीले भने । अवको ३ महिना भित्र लिफ्ट र कन्भेयर वेल्ट परिवर्तन गर्छौं उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL