Logo

वाइडबडीको टुङ्गो लगाउन लेखाले गठन गर्यो केसीको संयोजकत्वमा उपसमिति, १५ दिनभित्र प्रतिवेदन तयार

वाइडबडीको टुङ्गो लगाउन लेखाले गठन गर्यो केसीको संयोजकत्वमा उपसमिति, १५ दिनभित्र प्रतिवेदन तयार



काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाईडबडी खरिदमा भएको अनिमियताको विषयमा अध्ययन गर्न समितिका सदस्य राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

लेखा समितिको आज बसेको बैंठकले निगमको वाईडबडी खरिदमा अनिमियता भएको वा नभएको विषयमा छानविन गरी १५ दिनभित्र राय पेश गर्ने गरी केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । कुल ७ सदस्यीय उक्त समितिमा संसदहरु प्रेम आले, धर्मशिला चापागाईँ, चन्दा चौधरी, प्रदिप यादव, मीना सुब्बा र कृष्णलाल महर्जन सदस्य रहेका छन् ।

पछिल्लो समय वाईडबडी खरिदमा घोटला भएको विषय थप पेचिलो बन्दै गएपछि लेखा समितिले छुट्टै उपसमिति नै गठन गरेर छलफलन प्रक्रिया अघि बढाएको हो । उक्त उपसमितिले १५ दिनभित्र लेखा समितिलाई अध्ययन प्रतिवेदन बुझाउनु पर्नेछ ।

केही समय अघि लेखा समितिले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई वाईडबडी खरिद सार्वजनिक खरिद ऐन अनुसार भएको छ वा छैन प्रनि राय माग गरेको थियो । कार्यालयले पेश नगरेको रायमा वाइडबडी खरिद वाईडवडी खरिद सार्वजनिक खरिद ऐन अनुसार नभएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL