Logo

मलेसियामा ग्राउण्डेड निगमको बोईङ ७५७ शुक्रबार काठमाडौं आईपुग्ने, शनिबारबाटै उडान भर्ने

मलेसियामा ग्राउण्डेड निगमको बोईङ ७५७ शुक्रबार काठमाडौं आईपुग्ने, शनिबारबाटै उडान भर्ने



काठमाडौं । मलेसियामा ग्राउण्डेड नेपाल वायुसेवा निगमको जहाज बोईङ ७५७, ९एन एसीबी शुक्रबार काठमाडौं आउने भएको छ ।

निगमको सो जहाज केही समय अगाडीनै थर्मल ब्ल्याङकेट परिवर्तन गर्न मलेसिया लगेको भए पनि अझै ल्याउन सकेको छैन । निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार उक्त जहाजलाई थर्मल ब्ल्याङकेट परिवर्तन गर्न २ दिनको समय लिएर मलेसिया लगेको थियो ।

तर जहाज खोलेर हेर्दा थर्मल ब्ल्याङकेट सँगसँगै जहाजको सिडक्ट समेत परिवर्तन गर्नु पर्ने भए पछि जहाज आउन ढिला भएको उनले जानकारी दिएका हुन । उनका अनुसार लण्डन बाट ति सबै सामग्री मलेसिया आईसकेको छ ।

मलेसिया स्थित प्राविधिकहरुका अनुसार उक्त जहाजलाई मर्मत गरि शुक्रबार बेलुकी सम्ममा काठमाडौं पठाउने तयारी भईरहेको समेत सिग्देलले जानकारी दिएका छन । उनका अनुसार शुक्रबार बेलुका सो जहाज काठमाडौंमा आईपुग्ने र शनिबारबाटै ब्यवसायिक संचालनमा ल्याउने छ ।

हाल नेपालमै मर्मत भईरहेको चिनियाँ जहाज वाई १२ भने अवको २० दिन भित्रमा उडान भर्न तयार हुने समेत निगमले जानकारी दिएको छ । निगमका अनुसार वाई १२ पछि माघ सम्ममा अर्को वाई १२ र एक ट्वीनअटर पनि संचालनमा आउने गरि काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL