Logo

साढे २ करोड बक्यौता नबुझाउँदा सौर्यको विमान थन्कियो, बक्यौता रकम नबुझाए सम्म उडाउन भर्न नदिने

साढे २ करोड बक्यौता नबुझाउँदा सौर्यको विमान थन्कियो, बक्यौता रकम नबुझाए सम्म उडाउन भर्न नदिने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २ करोड ३७ लाख रुपैयाँ बक्यौता रकम बुझाउन नसके पछि सौर्य एयरलाइन्सको जहाज ३ दिन देखी ग्राउण्डेड भएको छ ।

एयरलाइन्सले विमानस्थललाई सेवा सुविधा बापतको बक्यौता रकम नबुझाए पछि विमानस्थलले बिहीबार देखि जहाज उडानमा रोक लगाईएको हो । कम्पनीले विमानस्थललाई मंसिर २ गते ११ लाख रुपैयाँ बुझाए पनि थप बक्यौता रकम नबुझाए पछि जहाज ग्राउण्डेड गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

एयरलाईन्सले सोमबार सम्ममा केही रकम बुझाउने भनेको छ क्षेत्रीले भने । एयरलाईन्सले चित्तबुझ्दो रकम बुझाएको खण्डमा विमान उडाउन दिने र चित्त बुझ्दो रकम बुझाउन नसके जहाज ग्राउण्डेडमै राख्ने उनको भनाई रहेको छ ।

मुकेश खनालको समूहले घनश्याम अधिकारीको समूहलाई ६७ करोड रुपैयाँमा जहाज विक्री गरेको दावी गरेको थियो, तर नयाँ समुहले पनि साढे २ करोड रुपैयाँ बक्यौता रकम बुझाउन नसक्दा जहाज ग्राउण्डेड भएको हो ।

एयरलाईन्सले बक्यौता रकम मात्रै साढे २ करोड रुपैयाँ बुझाउन बाँकी रहेको छ । बिलम्ब शुल्क यसमा जोडिएको छैन क्षेत्रीले भने । विमानस्थल प्रयोग गरे वापतको रकममा सहुलियत दिनु पर्ने ठाउँमा हामी दिन्छौं तर राजस्वमा कसैलाई छुट नदिने उनको भनाई रहेको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले भने भने बमोजिमनै किस्ता बुझाउँदै आएको क्षेत्रीले जानकारी दिएका छन । अस्ति भर्खरै मात्र पनि एयरलाइन्सले साढे २ करोड रुपैयाँ बुझाएको छ क्षेत्रीले भने । तर हिमालय एयरले पनि बक्यौता रकम समयमै नबुझाए सौर्यलाई जस्तै ग्राउण्डेड गर्ने छौं उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL